रोनाल्डोको डेब्यू खेलमा अल नासर विजयी

काठमाडौँ- पोर्चुगिज फुटबल स्टार क्रिस्टियानो रोनाल्डोले साउदी अरेबियन क्लब अल नासरका लागि डेब्यू गरेका छन् । साउदी प्रो लिगअन्तर्गत इतिफाकविरुद्ध रोनाल्डोले डेब्यू गरेका हुन् ।
आइतबार राति भएको खेलमा रोनाल्डो आवद्ध अल नासरले इतिफाकलाई १-० ले पराजित गर्यो । अल नासरको जितमा ब्राजिलियन मिडफिल्डर टालिस्काले निर्णायक गोल गरे । अल नासर १४ खेलबाट ३३ अंक जोड्दै लिगको शीर्ष स्थानमा रहेको छ ।
३७ वर्षीय फरवार्ड रोनाल्डोले साउदी क्लबमा कीर्तिमानी मूल्यमा आवद्ध भएका हुन् । उनी सन् २०२५ सम्म अल नासरमा रहने छन् ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया