बायकट ट्रेन्डमा करिना कपुर : फिल्म नभए मनोरञ्जन कसरी हुन्छ ?

मुम्बई- बलिउडमा चलिरहेको बायकट ट्रेन्डलाई लिएर अभिनेत्री करिना कपुरले पनि मुख खोलेकी छिन् । उनले बायकट र केन्सिल कल्चर दुवै गलत रहेको बताउँदै यसले मनोरञ्जनको दर्शकको चाहानालाई रोक्ने आसय व्यक्त गरेकी छिन् ।
‘म बायकट ट्रेन्डसँग सहमत छैन । यसरी हरेक फिल्म नहेर भन्ने हो भने मनोरञ्जन कसरी गर्ने ? तपाईँको जीवनमा हाँसो खुसी कसरी आउँछ ? यदि फिल्म नहुने हो भने मनोरञ्जन कसरी हुन्छ,’उनले कलकतामा एउटा कार्यक्रममा सहभागिता जनाउँदै भनेकी थिइन् ।
अहिले बलिउडमा शाहरुख खानको दुई दिनपछि रिलिज हुने फिल्म ‘पठान’लाई बायकट गर्नुपर्ने ट्रेन्ड चलिरहेको छ । योभन्दा पहिला पनि ठूला स्टारका फिल्म रिलिजको समयमा यस्तै ट्रेन्ड चल्ने गरेको थियो । आमिर खान र करिना कपुरको ‘लालसिंह चढ्ढा’ पनि यसको सिकार भएको थियो ।
उसबेला करिनाले नेपोटिजमको टिप्पणीमाथि असन्तुष्टि जनाउँदै स्टार कलाकारका बच्चा खेलेका फिल्म हेर्न मन नभए नहेरे हुन्छ भन्दै टर्रो जवाफ दिएकी थिइन् । ट्रोलरले उनको यो भिडियोलाई सेयर गर्दै ‘पहिले नहेर भन्नेले अहिले गलत हो किन भन्ने’ भन्दै करिनालाई प्रश्न सोधेका छन् ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया