पार्टीको चिन्हबाट सांसद भएर स्वतन्त्र जिते झैँ व्यवहार अब जसपामा चल्दैन : मोहम्मद इख्तियाक राई

काठमाडौँ : जनता समाजवादी पार्टी (जसपा)ले लुम्बिनी प्रदेशमा चार सांसदलाई पार्टी र प्रदेशसभा सदस्यबाट निस्काशन गरेपछि उपेन्द्र यादव र डा. बाबुराम भट्टराई पक्ष बलियो बनेको छ । हुनत यो दल फुटको संघारमा यसअघि नै पुगेको भए पनि महन्त ठाकुर र राजेन्द्र महतो पक्षको ४० प्रतिशत नपुग्दा फुटबाट जोगिएको जसपा सांसद्हरूले बताउँदै आएका छन् ।
सुरुका दिनमा ४० प्रतिशत भन्दा पनि बढी भएका भन्दै ठाकुर र महतोले आफ्नो तरिकाले वार्ता गर्दै हिडेको आरोप पनि दल भित्र छ । तर, अहिले अवस्था बदलिएर यादव र भट्टराई पक्ष बलियो बनेपछि फुटको सम्भावना टरेको उनीहरू बताइरहेका छन् । अनुशासन नमानेको भन्दै चार जनालाई पदमुक्त गर्ने निर्णयपछि जसपाका अर्का अध्यक्ष ठाकुर र नेता महतोको टोली निर्वाचन आयोगको ढोकासम्म पुग्यो । निलम्बनमा परेका सांसदहरू आफुहरूमाथी गरिएको कारबाही नियमसंगत नभएको भन्दै सर्वोच्च अदालतसम्म पुगे ।
तर, जसपामा समीकरण बदलिएको र पार्टी नियमसंगत अघि बढेको केही नेताहरूले बताए । नेताहरू मोहम्मद इस्तियाक राई, प्रदीप यादव र रेणु यादवले यसमा भूमिका निर्वाह गरेको बताइन्छ । यसमा पनि राई पटक-पटक कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गर्दै कांगेस, माओवादी र जसपाको सहकार्यमा जोड दिइरहका छन् । उनको भूमिकाले पार्टीमा सहकार्य बलियो बनेको यादव स्वयंले बताएका छन् ।
पहिले यादवसँग असन्तुष्ट भएर ठाकुरसंग सहकार्य गरिरहेका उनीहरू एकाएक यादव र भट्टराईसँग सहकार्य गर्न थालेपछि ठाकुर समस्यामा परेका हुन् । ‘सर्वोच्च अदालतको फैसलापछि पार्टीको निर्णयविपरीत गएर ठाकुर र महतो प्रधानमन्त्री केपी शर्मा ओलीसँग वार्ता गर्न थालेकाले पार्टीमा विवाद चुलिए पनि फुटमा नै नपुगेको छैन,' मोहम्मद इस्तियाक राई भन्छन् ।
ठाकुर र महतो पार्टी निर्०य लत्याएर हिड्दा समस्या भएको राई बताउँछन् । ‘पार्टी भित्रको बैठक छलेर वा भएका निर्णय लत्याएर उहाँहरू आफ्नो ढंगले हिड्दा समस्या देखिएको हो । पार्टी आफ्नै लाइनमा स्पष्ट छ । जुन पक्षसँग कुरा गर्ने भए पनि त्यसको आधिकारीकता त पार्टीको निर्णयले तय गर्ने हो नि,’ राईले भने ।
कसलाई कसले भेटेर कोठामा बसेर निर्णय लिएर हुन्छ र भन्दै राई भन्छन,‘त्यही विषयमा मात्र विरोधाभास देखिएको हो । दलभित्रको कुरा नै छिनोफानो नगरी आफ्नो व्यक्तिगत गोजीबाट मुद्दा निकालेर उहाँहरू ओलीकोमा पुगेर कुराकानी गर्न थाल्नु भयो । त्यसैको विरोधाभास देखिएको हो । यसमा थप समस्या छैन । ठूलो विवाद पनि होइन ।’
'पार्टीको आफ्नै पद्धति हुन्छ र प्रणाली हुन्छ । जसले जे मन लाग्यो त्यही गर्न पाइदैन,’ राईले भने, ‘पार्टीको निर्णयलाई नमानेर जो जहाँ पनि गएर सपथ खाने, जसले जसलाई पनि समर्थन गरिदिने पनि हुन्छ र ?’ सांसदहरू स्वतन्त्र उठेर आएका हुन र भन्दै राइले थपे, ‘ जसपा विभाजन हुदैन । पार्टीको ह्विप नै नमान्ने,पार्टीको नीति र सिद्धान्तमा नै नबस्ने र उल्लंघन गर्ने कारबाहीमा पर्छन् । पार्टीको सांसद हुने, पार्टीको चिन्ह्बाट जित्ने अनि पार्टीको निर्णयविपरीत सपथ खाईदिनेलाई लुम्बिनीमा लिइएको निणर्य एउटा गतिलो पाठ हो ।’

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया