जहाज किन्नुअघि स्पष्ट ‘बिजनेस प्लान’ बनाउन वायुसेवा निगमलाई निर्देशन

काठमाडौँ- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारीले नेपाल वायुसेवा निगमलाई जहाज किन्नुअगाडि स्पष्ट ‘बिजनेस प्लान’ बनाउन निर्देशन दिएका छन् ।
सोमबार नयाँ पर्यटनमन्त्री सुदन किराँतीलाई स्वागत गर्न आयोजित कार्यक्रममा बोल्दै अधिकारीले नेपाल वायुसेवा निगमले थप जहाज खरिद गर्नुअघि मन्त्रालयलाई स्पष्ट ‘बिजनेस प्लान’ बनाउन निर्देशन दिएका हुन् । उनले निगमलाई जहाज आवश्यक रहेको भन्दै जहाज खरिदका लागि स्पष्ट बिजनेस प्लान बनाउन निगमलाई आग्रह गरे ।
उनले कुनैपनि वायुसेवा कम्पनी उडानमा केन्द्रित हुनुपर्ने भन्दै जहाज उडानलाई नै प्राथमिकता दिन निर्देशन दिए । उनका अनुसार निगमले नेपालका दुर्गम र पहाडी क्षेत्रको मागलाई धान्न सकेको छैनन् । वाइडबडीले बिजनेस नपाएको भन्दै ३३० को वाइडबडीका लागि नयाँ गन्तव्यका लागि पहिचान गर्ने र उडान भर्नसक्ने क्षमता विकास गर्नुपर्ने भएको उनले बताए ।
सरकारले नेपाल वायुसेवा निगमलाई सक्षम व्यवसायी, सेवा मुलक र आत्मनिर्भर संस्थाका रूपमा विकास गर्न चाहेको उनकाे भनाइ छ ।

किन सडक मार्गबाटै ल्याइयो हेलिकप्टर ?

नागरिक उड्डयन प्राधिकरणको संरचनागत सुधार अपरिहार्यः विज्ञहरु

पर्यटकका पर्खाइमा म्याग्दीको टिकोट

हिमतालको जोखिम घटाउन जिसिएफको रु पाँच अर्ब अनुदान

नेपाल ‘सोलो एड्भेन्चर ट्राभल’ सूचीको सातौँ नम्बरमा

चितवन राष्ट्रिय निकुञ्जमा जीप सफारी बन्द

‘वाटरपार्क’मा पर्यटन प्रवर्द्धन ठप्प

प्रतिक्रिया