रिटेल पेमेन्ट स्वीच मार्फत १८ खर्ब बराबरको कारोबार

काठमाडौँ- नेशनल पेमेन्ट स्वीच अन्तर्गतको रिटेल पेमेन्ट स्वीच मार्फत चालू आर्थिक वर्ष २०७९/८० को पौष मसान्तसम्म १८ खर्ब बराबरको भुक्तानी कारोबार फर्छ्यौट भएको छ । उक्त कारोबार गत आर्थिक वर्षको तुलनामा ३१ प्रतिशत ले वृद्धि भएको हो ।
कारोबार संख्याको आधारमा गत आर्थिक वर्ष भन्दा २५ प्रतिशतलेले वृद्धि भएको छ । रिटेल पेमेन्ट स्वीचको हाल दैनिक औसत रु. १३.३० अर्ब बराबरको भुक्तानी कारोबार फर्छ्यौट हुने गरेको कम्पनीले जनाएको छ। जस अन्तर्गत ६० प्रतिशतले बराबरको कारोबार नेशनल पेमेन्ट इन्टरफेस मार्फत हुने गरेको छ ।
नेशनल पेमेन्ट स्वीच अन्तर्गतको आरपीएस मार्फत विभिन्न रिटेल प्रणाली तथा उपकरणहरुबीच अन्तरआवद्धता कायम गरिएको छ । आरपीएस अन्तर्गत फण्ड ट्रान्स्फर तथा विभिन्न भुक्तानीहरु बैंक वित्तीय संस्थाको मोबाइल बैंकिङ्ग, वालेटहरु, कनेक्टआईपिएसको वेब, मोबाइल एप तथा गेटवे, कर्पोरेट पे प्रणाली तथा कुनै पनि संस्थाको आफ्नो प्रणालीसँग जोड्न सकिने ओपन एपीआई मार्फत उपलब्ध रहेका छन् ।
आरपीएस मा हाल ५५ बैंक वित्तीय संस्था सदस्यका रुपमा आबद्ध रहेका छन् । भुक्तानी कारोबार गरिने च्यानलको आधारमा प्रति कारोबार रु.२० लाख सम्मको भुक्तानी तथा सोही बैंक वित्तीय संस्थाको हकमा रु.१ करोड सम्मको भुक्तानी कारोबार गर्न सकिन्छ ।

डीएस ग्रुपको क्याच मसला अब नेपाली बजारमा, स्थानीय भान्सामा विश्वसनीय स्वादको प्…

बाल स्वास्थ्यका लागि साझेदारी गर्दै पठाओ नेपालको आर्थिक सहयोग

बोश नेपालले ल्यायो डिजिटल लोयल्टी कार्यक्रम ‘हाम्रो बोश’, मेकानिकलाई फाइदै फा…

दराजद्वारा ७.७, 'ह्वाट द फ्ल्याश' सेलको घोषणा

एनसेलले अब ९७१ रेन्जको मोबाइल नम्बरहरू उपलब्ध गराउने

बोटले ‘निर्भाना’ सिरिजको साथ नेपालमा प्रिमियम अडियो अनुभव ल्याउँदै

एलजी नेपालले सुरु गर्यो 'इफेक्सनेट इन्टेलिजेन्स' नयाँ युगको सुरुवात

प्रतिक्रिया