खराब फिल्मलाई दिने राज्जी अवार्डमा ‘ब्लोन्ड’को वर्चस्व, टम ह्याङ्क्स पनि मनोनयनमा

लसएन्जल्स- अस्कर अवार्डको मनोनयनको पूर्व सन्ध्यामा वर्षका झुर फिल्मलाई दिने राज्जी अवार्डले पनि मनोनयन सार्वजनिक गरेको छ । ४३ औँ संस्करणको यो अवार्ड अस्कर वितरण हुने साँझमा घोषणा गरिन्छ ।
यो पटक खराब फिल्मको सूचीमा ऐना डे आरमस अभीनित ‘ब्लोन्ड’ले सर्वाधिक मनोनयन पाएको छ । ८ विधामा मनोनयन पाएको यो फिल्मले मर्लिन मुनरोको जीवनलाई झन् खत्तम देखाउनेबाहेक अरु काम नगरेको भन्दै राज्जी अवार्डका जुरीले यसलाई धेरै विधामा मनोनित गरेका छन् । यो फिल्म वर्षको खराब फिल्म, खराब निर्देशक, पटकथा, खराब रिमेक र खराब जोडी आदि गरी ८ विधामा मनोनयनमा परेकाो छ । ‘ब्लोन्ड’पछि मेसिन गन केल्लीको कमेडी ‘गुड मर्निङ’ ७ विधामा मनोनयनमा परेको छ ।
यो सालको राज्जी अवार्डले टम ह्याङ्क्सलाई पनि छाडेको छैन । उनी दुई दुई विधामा खराब अभिनेताको मनोनयनमा अटाएका छन् । टम ह्याङ्क्स अभीनित ‘पिनोचे’ ६ विधामा मनोनयनमा परेको छ भने यही फिल्मबाट टम खराब अभिनेताको मनोयनमा परेका छन् । टम ‘एल्भिस’बाट सहायक अभिनेता विधातर्फ खराब अभिनेतामा मनोनित छन् । राज्जीले नौ विधामा मनोनयन सार्वजनिक गरेको हो ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया