गाउँपालिका अध्यक्षले फिर्ता पठाए प्रमुख प्रशासकीय अधिकृत

सुर्खेत - अदानचुली गाउँपालिका हुम्लाका अध्यक्ष मोहनविक्रम सिंहले सरुवा भएर आएका नयाँ प्रमुख प्रशासकीय अधिकृतलाई फिर्ता पठाएका छन् ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट सरुवा भई आएका प्रमुख प्रशासकीय अधिकृत नन्दराज गिरीलाई गाउँपालिकासँग समन्वय नगरी आएको आरोप लगाउँदै हाजिर हुन नदिई फिर्ता पठाएका छन् । अध्यक्ष मोशनविक्रमले भने, 'मन्त्रालयले गाउँपालिकासँग समन्वय नगरी प्रमुख प्रशासकीय अधिकृत पठाएको रहेछ मैले फिर्ता पठाउन पत्राचार गर्दै हाजिरी हुन नदिएको हो ।'
अदानचुली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत मेघनाथ शाही विवादित बनेपछि मन्त्रालयले पुस २९ गते गिरीलाई खटाएको थियो । मन्त्रालयले उनलाई जिल्ला निर्वाचन कार्यालय सल्यानबाट काज सरुवा गरेको हो । सरुवा भई आएका गिरीले हाजिर गर्न पाएका छैनन् । गाउँपालिका अध्यक्ष सिंहले मन्त्रालयलाई पुस २९ गते पत्र लेख्दै हाजिर नगराई फिर्ता पठाउने व्यहोराको पत्राचार गरेका हुन् ।

कर्णालीमा देउडा खेल्दै लुतो फालेर मनाइयो साउने सङ्क्रान्ति

कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा

कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा

उच्च अदालत फैसलाले कोहलपुर–सुर्खेत प्रसारण लाइन विस्तारको बाटो खुल्यो

गाउँपालिकाको एम्बुलेन्स दुर्घटना, चालक घाइते

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु
मुद्दा मिलाइदिन्छु भन्दै रकम असुली गरेको कसुरमा दुई पक्राउ

प्रतिक्रिया