बुधबार ०७ जेठ, २०८२
Wednesday, May 21, 2025

कैलालीमा लम्बियो निषेधाज्ञा

धनगढी : कैलालीमा जारी निषेधाज्ञा बैशाख ३० गतेसम्म लम्बिएको छ । जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको बैठकले बैशाख १६ गतेदेखि २२ गतेसम्म जारी गरेको निषेधाज्ञा ३० गतेसम्म लम्बिएको हो ।

जिल्लामा कोभिड संक्रमणदर बढ्दै गइरहेको भन्दै बैशाख ३० गतेसम्म निषेधाज्ञालाई निरन्तरता दिने निर्णय भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए ।

उनका अनुसार संक्रमणको प्रभाव न्यून रहेका चुरे र मोहन्याल गाउँपालिका बाहेक अन्य सबै स्थानीय तहमा सो निर्णय लागु हुने छ ।

यस्तै सबै बैंक तथा वित्तीय संस्थाहरु वैशाख २० गतेदेखि ३० गतेसम्म बिहान ९ बजेदेखि साढे ११ बजेसम्म खोल्न पाइने छ । यसअघि बिहान १० देखि १ बजेसम्म खोल्ने निर्णय थियो ।