चन्द्रशेखरसँग सम्बन्ध नभएको दाबी गरेकी नोराले घर र गाडी लिएको खुलासा

मुम्बई - चन्द्रशेखरबाट उपहार लिएको विषयमा अनुसन्धानको घेरामा रहेकी नोराले उनबाट घर किन्ने पैसा र बीएमढडब्लू कार उपहार लिएको बयान चुहिएको छ । चन्द्रशेखरले प्रहरीसँगको बयानमा नोराले घर किन्न पैसा मागेको र उनले आफूले दिएको पैसाबाट मोरक्कोमा परिवारका लागि घर किनेको बताएका छन् ।
टाइम्स अफ इन्डियाले छापेको समाचारअनुसार नोराले आफूलाई घर किनिदिने प्रलोभन दिएको तर आफूले पैसा नलिएको बयान दिएकी थिइन् । यही बयानका आधारमा इडीले ९ महिनाअघि उनलाई उन्मुक्ति दिएको थियो ।
चन्द्रशेखरले अनुसन्धानबाट मुक्त भएसँगै उनले झुटा कथा बनाउन थालेको आरोप लगाएका छन् । ‘उनले लामो समयदेखि मसँग कार मागिरहेकी थिइन् । मैले रेन्ज रोभर किनिदिन पनि खोजेको थिएँ तर किन्ने ठाउँमा स्टक नरहेकाले बीएमडब्लू सिरिज उपहार दिएको हुँ । तर उनी भारतीय नरहेकाले उनले साथीको नाममा पास गरेर चलाएकी हुन्,’ चन्द्रशेखरको बयानलाई उद्धृत गर्दै टाइम्स अफ इन्डियाले लेखेको छ ।
नोराले केही समयअघि मात्र ज्याकलिन फर्नान्डिजमाथि मानहानीको मुद्दा दर्ता गरेकी थिइन् । आफू संलग्न नभएको कुरामा आफ्नो नाम लिएको भन्दै नोराले ज्याकलिनमाथि मुद्दा दर्ता गरेकी हुन् । ज्याकलिनमाथि पनि चन्द्रशेखरले गलत तरिकाले कमाएको पैसा प्रयोग गरेको आरोप छ । अझ ज्याकलिनलाई त मुम्बई प्रहरीले विनाअनुमति देश छाड्न पनि निषेध गरेको छ ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया