कोभिड उपचार गरेबापत निजी अस्पताललाई सरकारले खर्च दिने
आइसीयूको बिरामी उपचार गर्न १५ हजार रुपैयाँसम्म दिने

काठमाडौं : सरकारले कोभिड-१९ रोगको उपचार गरेबापत निजी अस्पताल, सामुदायिक र गैरसरकारी अस्पताललाई खर्च शोधभर्ना दिने भएको छ । बैशाख ९ मा बसेको मन्त्रिपरिषद्को बैठकले अस्पतालमा निश्चित बेड छुट्याई कोभिड केयर युनिटमा सेवा दिने सम्बन्धमा आवश्यक आदेश जारी गर्ने निर्णय गरेको थियो ।
प्रदेशको सामाजिक विकास मन्त्रालयले यसका लागि तीन दिनभित्र सूचीकृत हुन आह्वान गरेको छ । रोगको रोकथाम, नियन्त्रण, निदान र उपचारका लागि राष्ट्रिय मापदण्ड तथा जनशक्ति परिचालन सहितको प्रतिकार्य योजना जारी गर्ने उल्लेख छ ।
दुई सय भन्दा बढी बेड क्षमता भएका सरकारी, सामुदायिक, निजी, गैरसरकारी (निजी मेडिकल कलेज, प्रतिष्ठान अस्पताल समेत) अस्पतालसँग सङ्क्रमितको उपचारका लागि सेवा सम्झौता गर्ने, अनुगमन गर्ने र शोधभर्ना भुक्तानी गर्ने भनिएको छ ।
संक्रमणको जोखिमको अवस्था हेरी सार्वजनिक, निजी तथा गैरसरकारी स्वास्थ्य संस्था, जनशक्ति, औजार, उपकरण, भवन तथा स्थान स्वास्थ्य सेवा र कार्यको लागि प्रयोग गर्न सक्ने उल्लेख छ ।
सूचीकृत अस्पताललाई सङ्क्रमितको उपचार व्यवस्थापनमा लाग्ने खर्च, संस्थागत आइसोलेसनमा दुई हजार रुपैयाँ, अस्पतालको आइसोलेसनमा तीन हजार पाँच सय रुपैयाँ, मध्यम जटिल केशको उपचारको लागि सात हजार रुपैयाँ र गम्भीर बिरामीको आइ.सी.यु.मा भेन्टिलेटर सहितको उपचारको लागि १५ हजार रुपैयाँ प्रति व्यक्ति प्रति दिन प्रत्येक महिनाको पहिलो हप्तामा उपचार खर्चको शोधभर्ना भुक्तानी गर्ने उल्लेख छ ।
केश इन्भेस्टिगेसन तथा कन्ट्याक्ट ट्रेसिङ र आइसोलेसन व्यवस्थापनमा लागेको खर्च निर्धारित ढाँचाको प्रतिवेदन अनुसार प्रत्येक महिना सम्बन्धित स्थानीय तहलाई शोधभर्ना भुक्तानी गर्ने समेत उल्लेख छ ।
प्रवेश बिन्दुमा गरिने हेल्थ डेस्क सञ्चालन र स्क्रिनिङ, सङ्क्रमितका लागि यातायात व्यवस्था र संस्थागत आइसोलेसन व्यवस्थापनमा लागेको खर्च निर्धारित ढाँचाको प्रतिवेदन अनुसार प्रत्येक महिना सम्बन्धित प्रदेशको सामाजिक विकास मन्त्रालयलाई शोधभर्ना भुक्तानी गर्ने मन्त्रिपरिषद्को निर्णय थियो ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया