‘फूलबारी’ ट्रेलर : सन्तानका लागि बाबुआमाको एक हातको ताली

काठमाडौँ - फागुन ५ लाई प्रदर्शन मिति तय गरेको फिल्म ‘फूलबारी’ले ट्रेलर सार्वजनिक गरेको छ । सार्वजनिक ट्रेलरमा छोराछोरी सक्षम भएपछि पराया हुने विषयलाई प्रमुखताका साथ देखाइएको छ ।
बलिउड फिल्म ‘बागवान’को झल्को दिने ट्रेलरले बुबा आमाले सिरिखुरी सकेर सन्तानको भविष्यमा बनाउने तर बनेपछि सन्तान भने कर्तव्य विमुख हुने कुरालाई फिल्मले उठाएको छ ।
फिल्ममा विपिन कार्की र अरुणा कार्कीले बाबुआमाको भूमिका निर्वाह गरेका छन् । छोराको भूमिका भने क्रमशः सोमनाथ खना, अनुपम शर्मा र मनिष ढकालले निर्वाह गरेका छन् । बुहारीको भूमिका भने प्रियंका कार्की, गौमाया गुरुङ र साक्षी सिंह भण्डारीले निर्वाह गरेका छन् । फिल्ममा शिल्पा मास्केको पनि अभिनय रहेको छ ।
यशोधा फिल्मको ब्यानरमा निर्माण भएको फिल्ममा किशोर मालपानीको कथा र उपेन्द्र सुब्बाको पटकथा रहेको छ । मनिष ढकाल कार्यकारी निर्माता रहेको फिल्ममा कालीप्रसाद बास्कोटा र अनुपम शर्माको संगीत रहेको छ । फिल्मलाई रामबाबु गुरुङले निर्देशन गरेका हुन् । फिल्मलाई अमेरिकी छायांकार जोश हेरुमले छायांकान गरेका हुन् ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया