गण्डकीमा मन्त्रिमण्डल विस्तार, कसले कुन मन्त्रालय पाए ?

पोखरा- गण्डकी प्रदेशमा मुख्यमन्त्री खगराज अधिकारीले शपथ ग्रहण गरेको २ हप्तापछि मन्त्रिमण्डल विस्तार भएकाे छ । लामो समयको कसरतपछि गण्डकीमा मंगलबार मन्त्री र मन्त्रालयको टुंगो लागेको हो ।
जस अनुसार नेकपा माओवादी केन्द्रका हरिबहादुर चुमानले गण्डकीको भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मा पाएका छन् । माओवादीकै रेशम जुग्जालीले उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय पाए ।
एमालेका सीता सुन्दास तेस्रो बरियतासहित आर्थिक मामिला मन्त्री बनिन् । राप्रपाका पञ्चराम गुरुङलाई सामाजिक तथा स्वास्थ्य मन्त्रालयको टुंगो लाग्यो । एमालेका रोशन बहादुर गाहाले आन्तरिक मामिला तथा कानुन मन्त्रालय र बेदबहादुर गुरुङले कृषि, उर्जा तथा जलस्रोत मन्त्रालयको जिम्मा पाए ।
एमालेकी सीता सुन्दासहित माओवादीका हरिबहादुर चुमान र राप्रपाका पञ्चराम गुरुङले मुख्यमन्त्रीसँगै पुस २५ गते बिनाविभागीय मन्त्रीको शपथ खाएका थिए । त्यतिबेला बिनाविभागीय मन्त्रीका रूपमा शपथ लिएका उनीहरूले शपथ लगत्तै गाडी, चालक र सुरक्षाकर्मी तत्कालै पाए । तर, मन्त्रालयको जिम्मेवारी नपाउँदा काममा समस्या परेको गुनासो गरेका थिए । मन्त्रिमण्डल विस्तारसँगै उनीहरूले पनि जिम्मेवारी पाएका छन् । मन्त्री मण्डल विस्तारका क्रममा एमालेका रोशन गाहा थापा र बेदबहादुर गुरुङ थपिएका हुन् । भने, माओवादीबाट रेशम जुग्जाली मन्त्री बनेका हुन् ।
१२ बाट ७ मन्त्रालय बनाइएको यो सरकारमा अधिकांश प्रत्यक्ष निर्वाचन जितेका सांसद मन्त्री बनेका छन् । राप्रपाका पञ्चराम गुरुङबाहेक मुख्यमन्त्री अधिकारीसहित ६ जना प्रत्यक्ष निर्वाचित सांसद हुन् । गण्डकीमा समानुपातिकबाट २ सिट जितेको राप्रपाबाट पञ्चराम गुरुङ सामाजिक तथा स्वास्थ्य मन्त्रालयको जिम्मा पाएका हुन् । उनी स्याङ्जाका हुन् ।
यस्तै मुख्यमन्त्री खगराज अधिकारी कास्की १(१) बाट निर्वाचित हुन् । उनी नेपाल सरकारका गृहमन्त्री र स्वास्थ्य मन्त्री भईसकेका व्यक्ति हुन् । एमालेका रोशन गाहा नवलपुर १(२) बाट निर्वाचित भएका हुन् । उनी यसअघि पनि गण्डकी प्रदेश सभाको सदस्य थिए । सोही पार्टीकी सिता सुन्दास स्याङ्जा १(१) बाट निर्वाचित भएकी हुन् । भने, बेदबहादुर गुरुङ कास्की १(२) का जनप्रतिनिधि हुन् । उनी मादी गाउँपालिकाका पूर्वअध्यक्ष हुन् ।
माओवादीबाट भौतिक पूर्वाधार मन्त्री बनेका चुमान तनहुँ १(२) बाट विजयी भएका हुन् । उनी अघिल्लो कार्यकाल पनि गण्डकी प्रदेश सभा सदस्य थिए । भने, गण्डकीको मन्त्री भईसकेका व्यक्ति हुन् । अर्का मन्त्री रेशम जुग्जाली म्याग्दी १(२) बाट निर्वाचित हुन् ।
रसुवामा बेपत्ता भएका गोरखाका दुई जनाको सनाखत गर्न आएनन् आफन्त

सरकारले गर्यो म्याग्दीको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय खार…
_LbyzHsdAc4_s91sgi0aoyemfehb80g6w4nzojr37cmyd9vhrwgn9xx9wbpm5m5rwwobg2cv_pAv5ikF1tN_wx5wc2eqjsrhtiwdadfrj94ljhivbnw2ihifqpsbbzznpl7pexespt4v6szr.jpg)
म्याद थप्दासमेत सम्पन्न भएन प्रशासकीय भवन

बर्सातका कारण सुनसान बने ‘होमस्टे’
तीन करोडको लागतमा नदी नियन्त्रण योजना सम्पन्न

मासुजन्य उत्पादनमा पशुपालक किसानलाई नगद अनुदान

पाडीबाच्छी हुर्काउन ३० लाख अनुदान

प्रतिक्रिया