बैठकै नबसी अन्त्य गरिएपछि विपक्षी दल आक्रोशित

बैशाख : हठातमा लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन अन्त्य गरिएपछि विपक्षी दलहरू आक्रोशित भएका छन् । मुख्यमन्त्री शंकर पोख्रेलले पदबाट राजीनामा, पुनः शपथको तयारी र अधिवेशन अन्त्यको निर्णय गरिसक्दा उनलाई हटाउन लागि परेका विपक्षी दलहरू बल्ला आन्तरिक छलफलमा जुटेका छन् ।
उनीहरू पोख्रेलका एकपछि अर्का निर्णयहरू आइरहदा प्रतिवादमै व्यस्त देखिन्छन् । कांग्रेस र माओवादीले अविश्वासको प्रस्ताववाट अत्तालिएका मुख्यमन्त्री पोख्रेलले राजीनामा दिएपछि नयाँ सरकार निमार्णका लागि बाटो खुलेको बताउछन् । अविश्वासको प्रस्ताव फेस गर्न ‘डराएर भागेका’ पोख्रेल पुनः मुख्यमन्त्री बन्ने कुरै नहुने तर्क कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलका नेता विरेन्द्र कनौडियाको छ ।
कनौडियाले आफू अनुकुल कानुनको व्याख्या गर्दै हिडेको सरकारले जनमत गुमाएको बताए । ‘सरकारले जनमत र नैतिकता । अब हामी बहुमतको सरकार निमार्ण गर्ने तयारीमा लाग्छौ,’ नेता कनौडियाले इकागजसँग भने ।
आजै बस्ने भनिएको सभाको बैठक स्थगित भएपछि आन्तरिक छलफलमा जुटेका माओवादीका प्रमुख सचेतक तुलबहादुर घर्तीले बैठक नै नबसी सरकारले विशेष अधिवेशन फेरि स्थगन गर्नु गैह्ररानितिक क्रियाकलाप भएको बताए ।
‘सरकारको रवैयाविरुद्ध विपक्षी सबै दल एक ठाउमा बसेर छलफल गरिरहेका छौं । अब हामी चुप लागेर बस्ने अवस्था रहेन,’ घर्तीले इकागजसँग भने ।
विपक्षी गठवन्धनमा एमालेबाहेकका सबै दल छन् । गठबन्धनले आजै संयुक्त धारणा सार्वजनिक गर्ने तयारी गरेको छ ।

पूर्वाग्रह राखेर भ्रष्टाचारको मुद्दा दर्ता गरे : पूर्वप्रधानमन्त्री नेपाल

वायु प्रदूषण घटाउन साइकलको प्रयोग बढाउनुपर्छ : खानेपानीमन्त्री यादव

परराष्ट्रमन्त्री राणाको आग्रहः जनताको खाँचोका सेवामा संवेदनशील हुनु

वर्षायाममा चनाखो र सुरक्षित हुन प्रधानमन्त्री ओलीको आग्रह

समृद्ध समाज निर्माणमा बकर ईद पर्वले प्रेरणा दिइरहोस् : प्रधानमन्त्री ओली

बकर ईदले देशको संस्कृति विकासमा थप योगदान गर्नेछ : अध्यक्ष यादव

विविधताभित्रको एकता नै हामी नेपाली हुनुको पहिचान होः अध्यक्ष दाहाल

प्रतिक्रिया