आचार्यलाई श्रद्धाञ्जली दिँदै बालेनले भने : राज्य असफलताको भयानक संकेत

काठमाडौँ - काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह 'बालेन'ले पेट्रोल खन्याएर आत्मदाह गरेका प्रेम आचार्यको निधन कारण राज्य भएको बताएका छन् । मृतक आचार्यलाई श्रद्धान्जली दिँदै मेयर साहले आत्मदाहका धेरै कारण र धेरै संकेतहरू भए पनि सबैभन्दा ठूलो कारण राज्य भएको बताएका छन् । घटनाको सबै भन्दा भयानक संकेत राज्यको चरम असफलताको भएको उनको भनाइ छ ।
'उनको व्यवसायमा, उनको निराशामा, उनको सहयोगको याचनामा, उनको सुरक्षामा, उनको उद्दारमा, उनले भोगेको हरेक चरणमा राज्य असफल भएको छ,' उनले लेखेका छनज्, 'राज्यका हरेक तप्का, निकाय र अंगहरू असफल भएका छन् । नागरिककारूपमा, जनप्रतिनिधीकारूपमा, सत्ताका अगुवाकारूपमा, सञ्चारमाध्यमकारूपमा हामी सबै असफल भइरहेका छौँ । नागरिकले गर्नु पर्ने सामान्य दायित्व पुरा गर्नु पर्ने चेत हाम्रो छैन ।'
एकैपल्ट धेरै कुराहरू गलत बाटोमा लागेर एकैपल्ट असफल हुँदा प्रेमप्रसाद आचार्यले विद्रोह गरेको उनले बताउका छन् । उनको विद्रोह हाम्रो समयको पछिल्लो सबैभन्दा विस्मयकारी घटना भएको उनले बताएका छन् ।

विकासका आयोजना निर्माणको कार्यशैली परिवर्तन गर्न प्रधानमन्त्रीको निर्देशन

विद्युत् उत्पादन वृद्धि गर्दा खरिदको सुनिश्चितता महत्त्वपूर्ण हुन्छ: अर्थमन्त्री पौडेल

मुलुकको अर्थतन्त्रमा सुधार भएको छ : प्रधानमन्त्री ओली

मुलुकको अर्थतन्त्र सुधार हुँदैछ, निराश हुनुपर्दैनः अर्थमन्त्री पौडेल

एनपिएल आयोजनाको तयारीमा ध्यान दिन राखेपलाई प्रधानमन्त्रीको आग्रह

मुलुकको अर्थतन्त्र चालु बर्षमा ४ खर्बले बढयो, पुग्यो ६१ खर्ब

परराष्ट्र मन्त्रालयले भन्यो– ‘स्पेनबाट सबै फर्किएका छन्, भ्रममा नपरौँ’

प्रतिक्रिया