फाप्लु विमानस्थलको मुख्य प्रवेशद्वार अन्यत्र सारिने

सोलुखुम्बु – फाप्लु विमानस्थलको मुख्य प्रवेशद्वार अन्यत्र सारिने भएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले २०७७ सालमा ८ करोड ७८ लाख रुपैयाँको खर्चेर निर्माण सम्पन्न गरेको उक्त मुख्यद्वार तीन वर्षमा पनि सञ्चालनमा ल्याउन सकिएको थिएन ।
प्रवेशद्वार विमानस्थल टावरदेखि टाढा रहेका भन्दै नजिकै राख्न केन्द्रीय कार्यालयमा प्रस्ताव गरेको प्राधिकरण फाप्लुका प्रमुख भानुभक्त आचार्यले जानकारी दिए ।
आचार्यका अनुसार प्रबेशद्वारबाट प्रवेश गरेपछि ग्याभिङ जाली नहुँदा दुर्घटना हुने सम्भावना भएकाले हालसम्म प्रवेशद्वार सञ्चालनमा नल्याइएको हो ।
यता फाप्लु वातावरण मैत्री टोल सुधार समितिले राज्यको करोडौं लगानीमा निर्माण गरिएको प्रवेशद्वार चाँडो प्रयोगमा ल्याउन माग गरेको छ । समितिले निर्माण भइसकेको प्रवेशद्वारलाई विभिन्न बहानामा भत्काउने र सार्ने काम नगर्न नगराउन फाप्लु प्राधिकरणलाई ध्यानार्कषण पत्र समेत बुझाएको छ ।
मागको वेवास्ता गरेको खण्डमा नागरिक उड्ययन प्राधिकरणको कार्यालयमा तालाबन्दी गर्ने चेतावनी दिइएको छ । सोलुदूधकुण्ड नगरपालिका ४ का वडाध्यक्ष युवास तामाङसहितको उपस्थितिमा मंगलबार बसेको टोल सुधार समितिको बैठकले यस्तो निर्णय गरेको समितिका अध्यक्ष दोर्जी तामाङले जानकारी दिए ।
नेपाल नागरिक उड्ययन प्राधिकरण फाप्लुले प्रवेशद्वार वर्षौदेखि उपयोगविहीन बनाइदिदाँ हवाईयात्रु साँघुरो मार्ग प्रयोग गर्न बाध्य छन् ।

किन सडक मार्गबाटै ल्याइयो हेलिकप्टर ?

नागरिक उड्डयन प्राधिकरणको संरचनागत सुधार अपरिहार्यः विज्ञहरु

पर्यटकका पर्खाइमा म्याग्दीको टिकोट

हिमतालको जोखिम घटाउन जिसिएफको रु पाँच अर्ब अनुदान

नेपाल ‘सोलो एड्भेन्चर ट्राभल’ सूचीको सातौँ नम्बरमा

चितवन राष्ट्रिय निकुञ्जमा जीप सफारी बन्द

‘वाटरपार्क’मा पर्यटन प्रवर्द्धन ठप्प

प्रतिक्रिया