श्रीमतिमाथि एसिड प्रहार गरेको आरोपमा पक्राउ

जनकपुरधाम : आफ्नै श्रीमतिमाथि एसिड प्रहार गरेको आरोपमा जनकपुरबाट एक व्यक्ति पक्राउ परेका छन् । धनुषा प्रहरीले श्रीमतिमाथि एसिड प्रहार गर्ने आरोपमा जनकपुरधाम उपमहानगरपालिका-२० देवपुरारुपैठाका २७ वर्षका संजिव साहलाई पक्राउ गरेको प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी दिए ।
संजिवले सामान्य विवादमा श्रीमति २६ वर्षीया आरतीमाथि एसिड प्रहार गरी भागेको र केही समयमै सुराकीको आधारमा जनकपुरधाम-७ जानकीनगरबाट पक्राउ गरिएको उपरीक्षक बस्नेतले जानकारी दिए । पति पत्नीबीच मनमुटाब भएपछि जनकपुरधाम उपमहानगरपालिका-७ जानकीनगरमा माइतमा बसिरहेकी आरतीमाथि शनिबार बिहान साढे ९ बजे संजिवले एसिड प्रहार गरेको स्थानीयको भनाइ उध्रित गर्दै प्रहरीले बताएको छ।
एसिड प्रहारबाट आरतीको निधार र छातीको केहि भाग जलेको छ । जानकी हेल्थकेयरमा उनको उपचार भइरहेको छ । तीन वर्षअघि विवाह बन्धनमा बाँधिएका संजिव र आरतीबीच विवाह भएको केही समयमै मनमुटाब भएको थियो । त्यसपछि आरतीले माइतमै बसेर जनकपुरको पेठिया बजारमा तरकारी व्यवसाय गर्दै आएकी थिइन ।

शिकारीबास खोलाको कटान रोक्न तटबन्ध निर्माण गरिँदै

पर्साको तिलाबे नदीमा बेलिब्रिज जडान भएन

वडा र स्वास्थ्य चौकी भवन निर्माण

सभामुख मण्डलको नेतृत्वमा ६ सदस्यीय कार्यदल गठन

पौडी सिक्न गएका बालक पोखरीमा बिलाए

‘...त्यसपछि ढुक्कले सुत्न पाइयो’

मिथिलामा गुरु पूर्णिमा पर्व मनाइँदै

प्रतिक्रिया