प्रदेश १ को चौथो मुख्यन्यायाधिवक्तामा आचार्य नियुक्त

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले फ्रदेशको मुख्य न्यायाधिवक्तामा वरिष्ठ अधिवक्ता गजेन्द्र आचार्यलाई नियुक्त गरेका छन् । झापा बारका पूर्वअध्यक्ष समेत रहेका आचार्य नेकपा एमाले निकट कानुन व्यवसायी हुन् ।
झापाको झापाको विर्तामोड–५ निवासी आचार्यलाई बुधबार दिउँसो प्रदेश १ का प्रदेश प्रमुख परशुराम खापुङ र मुख्यमन्त्री हिक्मतकुमार कार्कीको उपस्थितिमा उच्च अदालत विराटनगरका कामु मुख्य न्यायाधीश सत्यमोहन जोशी थारुले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् ।
नेपालको संविधान २०७२ को धारा १६० मा प्रत्येक प्रदेशमा एकजना मुख्य न्यायाधिवक्ता रहने व्यवस्था अनुसार आचार्य मुख्यन्यायाधिवत्तामा नियुक्त भएका हुन् । मुख्यन्यायाधिवक्ताको नियुत्तको जानकारी भने प्रदेश प्रमुख कार्यालयले गराउने व्यवस्था रहेको छ ।
प्रदेश १ मा पहिलो सरकारका मुख्यमन्क्री शेरधन राईले विराटनगरका वरिष्ठ अधिवक्ता चुडामणि आचार्यलाई मुख्यन्यायाधिवक्तामा नियुक्त गरेका थिए । उनले एमाले नेतृत्वकै भीम आचार्य सरकारसम्म काम गरेका थिए । निवर्तमान मुख्यमन्त्री राजेन्द्र कुमार राईको नेतृत्वमा तेस्रो सरकार बनेपछि आचार्यले ०७८ कात्तिक १७ मा राजीनामा दिएका थिए । राईले आफ्नो सुरुवाती कार्यकालमा अधिवक्ता झोजराज श्रेष्ठलाई मुख्यन्यायाधिवक्ता नियुक्त गरे । एकीकृत समाजवादी निकट कानुन व्यवसायीहरुभिक्र मुख्यन्यायाधिवत्ता पदका लागि आलोपालोको चर्चा चलेपछि राईले श्रेष्ठलाई हटाएर पार्टी निकटकै अर्का कानुन व्यवसायी परिवर्तन राईलाई नियुक्त गरेका थिए ।

धरानको चिन्डेडाँडामा पर्यटकको चहलपहल
तेह्रथुमका किसान व्यावसायिक रूपमा सिस्नु खेती गर्दै

आधा अर्ब अधिक खर्चेर ग्रामीण सडक कालोपत्र गरिँदै
_pjm03x6aPm_bwqm9nghrzyn1ey4txktpedmqln52zsnczuu1b6uzquxvnrwocznchlljdi2_n3S9MNoAp1_3c1ydgnjtu2rwzxyouy4xx7k4ptr6y7bpeln2qap3yrx98etpqw5to74ozcg_qTrD5aL0HC_t7jzvzr6uohsyen1hahox2qwhz9qj5g41pilolujubo97t7szo1nud6bpgwa_s6qtMuIGtR_idwnn94qysgynuz34xbtt7a5obv5f06uqhy2jfhivvaesbsmcu61gl3svy28.jpg)
गोली हानेर ब्राउन सुगर बोक्नेलाई समात्यो प्रहरीले

चट्याङ लागेर घाइते लिम्बूको मृत्यु

भाउजुको हत्या गरेको आरोपमा देवर पक्राउ

मोरङ जिल्ला पूर्ण खोप सुनिश्चितता घोषणा

प्रतिक्रिया