यातायात कार्यालय धनकुटाका प्रमुखलाई कालोमोसो

विराटनगर - यातायात व्यवस्था कार्यालय धनकुटाका कार्यालय प्रमुख बाबुराम लुईंटेललाई नेकपा (बहुमत) का कार्यकर्ताहरूले कालोमोसो दलेका छन् । बुधबार दिउँसो लुईंटेलमाथि कार्यकक्षमै कालोमोसो छ्यापिएको हो ।
नेकपा (बहुमत) धनकुटा संयोजक मोहन घलेले विज्ञप्तिमार्फत कालोमोसो छ्यापिएको बताएका छन् । उनले कार्यालय प्रमुख लुईंटेललाई सेवाग्राहीबाट प्रतिव्यक्ति १८ हजार रूपैयाँसम्म घुस लिने गरेको आरोप लगाउँदै पार्टीलाई प्राप्त भएको गुनासोका आधारमा छानबिन गर्दा प्रमाणित भएकोले चेतावनीस्वरुप कालोमोसो दलेको बताएका छन् ।
धनकुटामा करिब दुई बर्षअघि मात्रै यातायात व्यवस्था कार्यालय स्थापना गरिएको थियो । विराटनगर घर भएका लुईंटेल एक बर्षयता त्यहाँ कार्यालय प्रमुखका रुपमा कार्यरत रहेका थिए ।
यता कार्यालयको कर्मचारी स्रोतले भने विभिन्न समूहका नाममा कार्यालयमा चन्दा माग हुने गरेको र चन्दा नदिएका कारण कार्यालय प्रमुखमाथि दुर्व्यवहार भएको दाबी गरेका छन् ।
कर्मचारीहरूले कार्यालयमा काम गर्ने वातावरण नबनेको भन्दै सुरक्षाको व्यवस्था नभएसम्म काम नगर्ने चेतावनी दिएका छन् । घटनामा संलग्नलाई पक्राउ गरी कारबाही गर्न समेत उनीहरूले माग गरेका छन् ।
धनकुटा प्रहरीले कार्यालय प्रमुख लुईंटेलमाथि कालोमासो दलेको घटनामा संलग्न रहेका व्यक्तिहरूको पहिचान भएपनि कोहीपनि पक्राउ नपरेको जनाइएको छ । उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

दुई करोड ३० लाख लागतमा प्रशासनिक भवन निर्माण सकियो
_UwsmNTMtXu_cvfpczgougartzgwa0telwoajstscjdswvvmdzadvgsysaxjtffmzrfsco8f_OdXbNHBYka_9tzn0noh92h7ayzmgpk14m3bgaqkfx5ft2yhtzfn0rydnnxw8b7tw7haisdr.jpg)
रिजाल धारा खानेपानी मुहान संरक्षणले नागरिकलाई सहज

धरानको चिन्डेडाँडामा पर्यटकको चहलपहल
तेह्रथुमका किसान व्यावसायिक रूपमा सिस्नु खेती गर्दै

आधा अर्ब अधिक खर्चेर ग्रामीण सडक कालोपत्र गरिँदै
_pjm03x6aPm_bwqm9nghrzyn1ey4txktpedmqln52zsnczuu1b6uzquxvnrwocznchlljdi2_n3S9MNoAp1_3c1ydgnjtu2rwzxyouy4xx7k4ptr6y7bpeln2qap3yrx98etpqw5to74ozcg_qTrD5aL0HC_t7jzvzr6uohsyen1hahox2qwhz9qj5g41pilolujubo97t7szo1nud6bpgwa_Hnayj1m39f_c9zwurcxiw7ybphlhl3gav9irdwb372h8sc4c0hp9pu5ekt3wabolfuvxcsj.jpg)
गोली हानेर ब्राउन सुगर बोक्नेलाई समात्यो प्रहरीले

चट्याङ लागेर घाइते लिम्बूको मृत्यु

प्रतिक्रिया