शनिबार ०३ साउन, २०८२
Saturday, July 19, 2025

कर्णालीका नवनियुक्त मन्त्रीले लिए शपथ

काठमाडौं– कर्णालीका नवनियुक्त पदतथा गोपनीयताको शपथ लिएका छन् । बुधबार प्रदेश प्रमुख तिलक परियारले  चार मन्त्रीहरुलाई शपथ गराएका हुन् ।

नेकपा माओवादी केन्द्रका तर्फबाट भीमप्रकाश शर्मा भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री र कृष्णबहादुर जिसीले आन्तरिक मामिला तथा योजना मन्त्री बनेका थिए । त्यस्तै नेकपा एमालेका तर्फबाटसामाजिक विकास मन्त्री टेकराज पछाई र जीतबहादुर मल्लले उद्योग पर्यटन, वन तथा वातावरण मन्त्री बनेका थिए । उनीहरुले आजै शपथ लिएका हुन् । 

मुख्यमन्त्री राजकुमार शर्माले बुधबार मन्त्रीमण्डललाई पूर्णता दिएका हुन् ।