कर्णालीको मन्त्रिमण्डललाई समावेशी बनाउन महिला राज्यमन्त्री थपियो

सुर्खेत - कर्णाली प्रदेशमा मन्त्रिमण्डललाई समावेशी बनाउनका लागि राज्यमन्त्री नियुक्त गरिएको छ । नेकपा माओवादी केन्द्रले डोल्पाबाट निर्वाचित सांसद उर्मिला विश्वकर्मालाई राज्यमन्त्री बनाएको हो ।
यसअघि आठ सदस्यीय मन्त्रीपरिषद्लाई घटाएर सात सदस्यीय मन्त्रीपरिषद् बनाएको कर्णालीमा समावेशी बनाउने भन्दै राज्यमन्त्री थपिएको छ ।
नवनियुक्त राज्यमन्त्री विश्वकर्मालाई भौतिक पूर्वाधार, ऊर्जा तथा जलस्रोत राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ ।
७ सदस्यीय मन्त्रीपरिषद्मा सबै जना पुरुष मन्त्री बनेपछि माओवादीले महिलालाइ राज्यमन्त्री बनाएको हो ।
विश्वकर्माले आज नै पद तथा गोपनीयताको शपथ लिइसकेकी छन् । उनलाई मुख्यमन्त्री राजकुमार शर्माले पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

कर्णालीमा देउडा खेल्दै लुतो फालेर मनाइयो साउने सङ्क्रान्ति

कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा

कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा

उच्च अदालत फैसलाले कोहलपुर–सुर्खेत प्रसारण लाइन विस्तारको बाटो खुल्यो

गाउँपालिकाको एम्बुलेन्स दुर्घटना, चालक घाइते

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु
मुद्दा मिलाइदिन्छु भन्दै रकम असुली गरेको कसुरमा दुई पक्राउ

प्रतिक्रिया