हाम्रो सांसद विपक्षीले अपहरण गरे, प्रहरीलाई खबर गरेका छौँ : एमाले

बुटवल : नेकपा एमालेले आफ्नो पार्टीको सांसदलाई अपहरण गरिएको बताएको छ । एमालेका प्रदेश सभा सदस्य तथा सरकारका प्रवक्ता वैजनाथ चौधरीले दाङबाट निर्वाचित आफ्नो सांसदलाई बुटवल आउदै गर्दा बुटवलको गैरे पेट्रोलपम्प नजिकबाट सम्पर्कबिहीन बनाइएको दाबी गरे ।
उनले भने ‘माननीय विमला हाम्रो सम्पर्कमै हुनुहुन्थ्यो, आज बिहान दलको बैैठकका लागि बुटवल आउँदै गर्दा विपक्षी दलले अपहरण गरेको सूचना छ , हामीले सुरक्षा निकायलाई खबर गरेका छौँ ।’
उनले आफ्नो सांसद अन्य पार्टीमा गएको भन्ने कुरा विश्वास नै गर्न नसकेको बताए । अपहरण नै हो भने अब के गर्नु हुन्छ त भन्ने जिज्ञासामा चौधरीले भने, ‘सुरक्षा निकायलाई भनेका छौं, उहाँहरुले रिर्पोट गर्नु होला नी । उता वली नेकपा माओवादी केन्द्र प्रवेश गरेको पत्र प्रदेश सभामा पनि दर्ता भइसकेको छ ।

पूर्वाग्रह राखेर भ्रष्टाचारको मुद्दा दर्ता गरे : पूर्वप्रधानमन्त्री नेपाल

वायु प्रदूषण घटाउन साइकलको प्रयोग बढाउनुपर्छ : खानेपानीमन्त्री यादव

परराष्ट्रमन्त्री राणाको आग्रहः जनताको खाँचोका सेवामा संवेदनशील हुनु

वर्षायाममा चनाखो र सुरक्षित हुन प्रधानमन्त्री ओलीको आग्रह

समृद्ध समाज निर्माणमा बकर ईद पर्वले प्रेरणा दिइरहोस् : प्रधानमन्त्री ओली

बकर ईदले देशको संस्कृति विकासमा थप योगदान गर्नेछ : अध्यक्ष यादव

विविधताभित्रको एकता नै हामी नेपाली हुनुको पहिचान होः अध्यक्ष दाहाल

प्रतिक्रिया