'पोलार्डको ब्याटिङ प्रेरणादायी'

काठमाडौँ: आवश्यक परेको खण्डमा मुम्बई इन्डियन्सका केइरोन पोलार्ड विष्फोटक ब्याटिङ गर्न सक्छन् । इन्डियन प्रिमियर लिग (आइपीएल) मा पोलार्डले फेरि एकपटक त्यस किसिमको नमुना पेश गरे ।
शनिबार चेन्नाई सुपर किंग्सविरुद्धको खेलमा । चेन्नाईविरुद्ध उनले ३४ बलमा ८७ रन बनाए । पोलार्डको ब्याटिङले उनका साथी खेलाडी हार्दिक पान्ड्या अवाक भए । ‘जब पोलार्डले यस्तो खेल देखाउछन्, हामी शब्दविहिन बन्छौँ । उनी असाधारण खेल देखाउन माहिर छन् । निर्णायक समयमा विष्फोटक ब्याटिङ गर्ने उनको बानी नयाँ होइन । उनको खेलबाट हामी सबैले प्रेरणा लिइरहेका हुन्छौँ,’ पान्ड्याले भने ।
पान्ड्या आफैँले सात बल सामना गर्दा १६ रन बनाए । ‘ब्यत्तिगत प्रदर्शन भन्दा पनि जित महत्वपूर्ण हो । हामीले बलियो तरिकाले चेज गर्यौँ ' पान्ड्याको टिप्पणी थियो ।
चेन्नाईलाई हराएसँगै मुम्बईले सात खेलबाट आठ अंक बनाएर चौँथो स्थानमा छ । ‘हामीले महत्वपूर्ण समयमा जित हासिल गरेका छौँ । यो जितले हामीलाई बाँकी रहेका खेलहरुका लागि आत्मविश्वास जगाएको छ,’ पान्ड्याले भने ।

प्रधानसेनापति टेनिस प्रतियोगिता बैशाख २१ गतेदेखि काठमाडौँमा

गोधुली रनिङ कपको उपाधि धरान–१४ लाई

लिभरपुलको पुन: जित, ७३ अंकसहित पहिलो स्थानमा

आज आइपीएलका सबैभन्दा महँगा खेलाडी आमुने-सामुने हुने

एनसेल एनएसएल सिजन–३ सुरु, आज बुटबल लुम्बिनी एफसी र झापा एफसीबी भीड्दै

एन्फाको वार्षिक बजेट डेढ अर्ब

टिकटक बन्यो एनसेल नेपाल सुपर लिग सिजन ३ को अफिसियल इन्टरटेनमेन्ट पार्टनर

प्रतिक्रिया