४० रोपनीमा अनार खेती

सिन्धुपाल्चोक- सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१० भोटसिपाका दुई किसान ४० रोपनी जमिनमा अनार खेती गरेर आत्मनिर्भर बनेका छन् ।
कृषक राजेन्द्र आचार्य र ऋषिराम भट्टराईले १० वर्षअघि भारतबाट बिरुवा झिकाई आफ्नै रु १५ लाखको लगानीमा अनार खेती सुरु गरेका हुन् । अरबत्ता, मृदुला, सिन्दुरे र गणेश प्रजातिका अनारको खेतीबाट प्रतिरोपनी रु एक लाखका दरले रु ४० लाख आम्दानी हुने अनुमान कृषक आचार्यले गरेका छन् ।
अघिल्लो वर्ष रु १० लाखको अनार उत्पादन भएकामा यस वर्ष रु १५ लाखको उत्पादन हुने आचार्यले बताए ।
उक्त अनार खेतीलाई नेपाल सरकारले बिरुवाको स्रोत केन्द्रका रूपमा मान्यता दिएको दाबी गर्दै गुणस्तरीय प्रजातिको बिरुवा नेपालभर बिक्री वितरण गर्न सक्षम भएको कृषक आचार्यको भनाइ छ । नेपालमा अनारका लागि भारतको भर पर्नुपर्ने अवस्था रहेको र त्यसको खेती नेपालमै हुनसके ठूलो धनराशि विदेश जानबाट रोकिनुका साथै किसानले पनि राम्रो फाइदा लिन सक्ने अपेक्षा कृषक भट्टराईको छ ।

टिकोटमा बन्दाखेतीबाट वार्षिक एक करोड भित्रियो

किसानलाई रु ३६ करोड ३९ लाखको रासायनिक मल बिक्री
कञ्चनपुरमा ४८ प्रतिशत धान रोपाइँ

यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

बागलुङका पाँच किसान पुरस्कृत

कृषि क्षेत्रमा ‘कनेक्ट किसान’ को एआई–आधारित भ्वाइस एडभाइजरी प्रणाली प्रस्तुत, द…

यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

प्रतिक्रिया