प्रदेश नं १ मा थपिए २३१ कोभिड-१९ संक्रमित

विराटनगर : प्रदेश नं १ मा पछिल्लो २४ घण्टामा २३१ जना कोरोना सङ्क्रमित थपिएका छन् । ६ सय २५ जना सङ्क्रमित निको भई घर फर्केका छन् । उनीहरु विभिन्न अस्पताल र होम आइसोलेसनबाट निको भएको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेशमा अहिलेसम्म निको हुनेको सङ्ख्या १७ हजार ७ सय ७८ पुगेको छ ।
२४ घण्टामा ७ सय २५ जनाको पीसीआर परीक्षण गर्दा १०५ महिला र १२६ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।
सङ्क्रमित भएकामा झापामा १०३, मोरङमा ८६ मध्ये विराटनगरमा ६३, सुनसरीमा ३३, इलाममा तीन, तेह्रथुममा दुई, उदयपुरमा एक र प्रदेश बाहिरका तीन जना रहेका छन् । प्रदेशमा अहिलेसम्म सङ्क्रमितको सङ्ख्या २३ हजार ६६५ पुगेको छ । प्रदेशमा हालसम्म एक लाख ७८ हजार ७९ जनाको परीक्षण गरिएको छ ।

भोजपुर–लेगुवा सडक : भत्किएका ठाउँमा टालिएको कालोपत्र नै उप्कियो

यसवर्ष पनि कोशीमा घटेन ‘लम्पी स्किन’ सङ्क्रमण

सवारी दुर्घटनामा साइकलयात्रीको मृत्यु

गर्मी छल्न कोशी कटान क्षेत्रमा नुहाउनेको भीड

विद्यार्थीलाई शतप्रतिशत अनुदानमा प्राविधिक शिक्षा दिँदै ‘पौवादुङमा’

बाढीले बेलिब्रिज बगायो

झापाको बिजनेस टावरमा सर्वसाधरणको आकर्षण

प्रतिक्रिया