अरुण तेस्राेकाे टावर निर्माणका क्रममा अधिग्रहण गरिएका जग्गाको मुआब्जा वितरण सुरु
खोटाङ। अरुण तेस्राे जलविद्युत् आयोजनाको प्रशारण लाईनको टावर निर्माणका क्रममा अधिग्रहण गरिएका जग्गाका धनीलाई मुआब्जा वितरण सुरु गरिएको छ । संखुवासभामा निर्माणाधिन चार सय केभी क्षमताको जलविद्युत आयोजनाको प्रशारणलाईनको टावर निर्माणका लागि साकेला गाउँपालिकामा अधिग्रहण गरिएका जग्गाका जग्गाधनीलाई मुआब्जा वितरण सुरु गरिएको हो ।
गत कात्तिक यता साकेला गाउँपालिकाभित्रका ३० जना जग्गाधनीलाई मुआब्जा वितरण गरि सकिएको अरुण तेस्राे जलविद्युत् आयोजनाका खोटाङ साइडअफिसर अमृत कार्कीले बताए ।
साकेला गाउँपालिकामा अरुण तेश्रो जलविद्युत आयोजनाको टावरको फाउण्डेसन रहने स्थानका ९२ कित्ता निजी र चार कित्ता सरकारी जग्गा अधिग्रहण गर्ने निश्चित गरी मुआब्जा वितरण सुरु गरिएको हो । साकेलामा ८० जग्गा धनीलाई मुआब्जा वितरण गरिने साइडअफिसर कार्कीले बताए । साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाका २९ जना, साकेला गाउँपालिका–२ रतन्छाको २० जना, साकेला गाउँपालिका–४ मात्तिमको १२ जना र साकेला गाउँपालिका–५ मात्तिम मानेभञ्ज्याङको १९ जनाको जग्गा अधिग्रहण गरेबापत मुआब्जा वितरण गर्ने निश्चित भएको छ ।
संखुवासभाबाट भोजपुर, खोटाङको साकेला गाउँपालिका र दिप्रुङ चुईचुम्मा गाउँपालिका हुँदै उदयपुरबाट ढल्केबर–बथनाहामा जोडिने अरुण तेस्राेको प्रशारण लाईनका लागि साकेला र दिप्रुङ चुइचुम्मा गाउँपालिकाका करिब ६.४ हेक्टर जग्गा अधिग्रहण हुनेछन् । आयोजनाका लागि साकेला गाउँपालिकाभित्र ३९ वटा र दिप्रुङ चुईचुम्मा गाउँपालिकाभित्र ४१ टावर निर्माण हुने अरुण तेश्रो जलविद्युत आयोजनाका साईड अफिसले जनाएको छ । टावर वरपरका २३/२३ मिटरभित्रको जग्गा अधिग्रहणको व्यवस्था छ ।
जलविद्युत् आयोजनाको प्रशारणलाईनको रुटमा पर्ने दिप्रुङ चुइचुम्मा गाउँपालिकाभित्रका जग्गा अधिग्रहणका लागि जिल्ला प्रशासन कार्यालयले माघ ७ गते जग्गा प्राप्ती गर्नेसम्बन्धी सूचना प्रकाशित गरेको छ । कार्यालयले रुटमा पर्ने जग्गा पूर्ण वा आंशिक रुपमा तथा जग्गामा रहेका घर, गोठ, टहरा लगायतका भौतिक संरचनाका साथै रुख बिरुवा समेत स्थायी रुपमा प्राप्ति गर्ने गरी सुचना प्रकाशित गरेको हो ।
सूचना प्रकाशित भएको मितिदेखि नै प्राप्ति गरिने जग्गा रोक्का रहने भन्दै प्रशासनले उक्त क्षेत्रमा कुनै पनि संरचना बनाउने वा थप्ने कार्य नगर्न नगराउन भनेको छ । दिप्रुङ चुईचुम्मा गाउँपालिकाका जग्गाधनीलाई मुआब्जा वितरणका लागि मुआब्जा निर्धारणको काम प्रक्रियामा रहेको जनाइएको छ । आयोजनाको प्रशारण लाईनको २७ किलोमिटर खण्ड खोटाङभित्र हुनेछ ।
भारतको सतलज हाइड्रो कम्पनीले ठेक्का लिएको अरुण तेश्रो आयोजना २०७५ वैशाख २८ गते नेपालका तत्कालीन प्रधानमन्त्री केपी ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले काठमाडौँबाट शिलान्यास गरेका थिए ।

विद्युतीय दुर्घटनाबाट मृत्यु हुनेका परिवारलाई १० लाखसम्म राहत दिइने

बौदीकालीमा बल्ल पुग्यो बिजुली

ऊर्जा मन्त्रालयको हटलाइन : एक महिनामा १९ सय उजुरी
_7ALsX0Sr8x_xvalc0txdefm34rcrxbzzplqhq3cnfzupilh6h4yxisyyat3jsfpnejx5hwa_ZUi0UiGC9P_q3yn2wc2fjjttnwfbm8dgacxtqhp9tkvvklyjtb4wosgbtr0pdky5suckhik.jpg)
भारतको सहयोगमा निर्माण हुने १० परियोजनाको समझदारी पत्रमा हस्ताक्षर

नेपालको जलविद्युत्मा लगानी गर्न भारतीय ठूला कम्पनी तयार

जलविद्युत् आयोजनाको ‘मकिङ’ खोलामा फाल्दा बाढीको जोखिम

पानीका स्रोतलाई आर्थिक समृद्धिका लागि उपयोग गर्नुपर्छ : मन्त्री खड्का

प्रतिक्रिया