मन्त्रालयकाे जिम्मेवारी पाएसँगै मधेशका मन्त्रीहरूले गरे पदभार ग्रहण

जनकपुरधाम। मधेश प्रदेशका जिम्मेवारी पाएका मन्त्रीहरुले पदभार ग्रहण गरेका छन् । करिब दुई सातादेखि विनाविभागीय मन्त्रीका रूपमा रहेकाहरूले बिहीबार जिम्मेवारीसहितको पत्र प्राप्त गरेपछि शुक्रबार पदभार ग्रहण गरेका हुन् ।
भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी पाएका नेकपा एमालेका सरोजकुमार यादवले मधेश लोकमार्गलाई प्राथमिकतामा राखेर कार्य अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका हुन् । उनले पदभार ग्रहण गर्दै मधेसको विकासका लागि हरेका जिल्ला तथा पालिकालाई सडक सञ्जालसँग जोड्नका लागि मधेशको गौरव आयोजनाको रुपमा मधेस लोकमार्गलाई प्राथमिकतामा राखेर काम गर्ने बताए ।
यता शुक्रबार बिहानै जनमत पार्टी बसन्त कुश्वाहाले भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको पदभार ग्रहण गर्दै किसानको समस्या समाधानलाई प्राथमिकतामा राखेर आफूले काम गर्ने बताए । किसान आन्दोलन जनमत पार्टीले गरेको स्मरण गर्दै उनीहरुको समस्या समाधान नै हाम्रो प्राथमिकतामा रहेको मन्त्री कुश्वाहाले बताए।
यसका लागि किसान कार्ड मधेस प्रदेशमा लागूू गर्ने योजना रहेको उनले भने । यस अ्घि कुश्वाहालाई सामाजिक विकास मन्त्रालय दिने सहमति भएपनि अन्तिम समयमा आएर उनलाई भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको हो । सामाजिक विकास मन्त्रालयमा अन्य सत्ता साझेदार दलहरुले समेत अडान नछोडेपछि अन्ततः यो मन्त्रालयको जिम्मेवारी कुश्वाहालाई दिइएको हो ।

शिकारीबास खोलाको कटान रोक्न तटबन्ध निर्माण गरिँदै

पर्साको तिलाबे नदीमा बेलिब्रिज जडान भएन

वडा र स्वास्थ्य चौकी भवन निर्माण

सभामुख मण्डलको नेतृत्वमा ६ सदस्यीय कार्यदल गठन

पौडी सिक्न गएका बालक पोखरीमा बिलाए

‘...त्यसपछि ढुक्कले सुत्न पाइयो’

मिथिलामा गुरु पूर्णिमा पर्व मनाइँदै

प्रतिक्रिया