एक चौथाइ कर्मचारीबाट बैंकका शाखा सञ्चालन गर्न निर्देशन
नजिकका शाखा आलोपालो सञ्चालन गर्नु : राष्ट्र बैंक

काठमाडौँ : नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई कोभिड–१९ को जोखिम न्यूनीकरणका लागि एक चौथाइ (२५ प्रतिशत) भन्दा कम कर्मचारीहरूबाट शाखा सञ्चालन गर्न आग्रह गरेको छ । केन्द्रीय कार्यालयको हकमा २० प्रतिशत भन्दा कम मात्र कर्मचारीबाट कार्यालय सञ्चालन गर्न केन्द्रीय बैंकको निर्देशन छ । राष्ट्र बैंकले कोभिड–१९ को जोखिम न्यूनीकरणका लागि कर्मचारीहरूलाई सम्भव भएसम्म घरबाटै काम (वर्क फ्रम होम) वा रिमोट एक्सेस दिएर कार्यसम्पादन गराउन आग्रह गरेको छ ।
त्यस्तै आपसमा साक्षात्कार हुनेभन्दा विधुतीय बैंकिङ्ग कारोबारलाई प्रवर्धन गर्न आग्रह गरेको छ । भौतिक दूरीका हिसाबले शाखाहरू नजिक छन् भने आलोपालो गरी सञ्चालन गर्न केन्द्रीय बैंकको निर्देशन छ । यसरी आलोपालोमा शाखा सञ्चालन गर्दा बन्द रहने शाखाको मूल ढोकामा सेवा सम्बन्धी सोधपुछका लागि सम्पर्क नम्बर, सेवा प्राप्त गर्न सकिने वैकल्पिक शाखा र शाखा खुला रहने समयका सम्बन्धमा जानकारी दिनुपर्नेछ । केन्द्रीय बैंकले सबै बैंक तथा वित्तीय संस्थाहरूलाई स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड कडाइँका साथ पालनाका लागि समेत आग्रह गरेको छ ।

माथिल्लो सार्दी खोला जलविद्युत आयोजनामा एनएमबि बैंकको एकल ऋण लगानी

एनआईसी एशिया बैंकका ग्राहकले हेयर एण्ड शान्ति सैलुनमा १० प्रतिशत छुट पाउने

सिद्घार्थ बैंकका ग्राहकहरुलाई सारंग हेल्थ केयरमा १० प्रतिशत सम्मको छुट

सानिमा बैंकको अन्तरबैंक टेलर क्युआर कारोबार सेवा सञ्चालन

एनआईसी एशिया बैंकका ग्राहकले भक्तपुर इन्टरनेसनल हस्पिटलमा २० प्रतिशत छुट पाउने

ग्लोबल आइएमई बैंकका ग्राहकलाई अन्नपूर्ण न्यूरो अस्पतालमा १०% छुट

एनआईसी एशिया बैंक र एएसजी आई केयर एण्ड हेल्थ सर्भिसबीच आँखा उपचारमा सहकार्य,…

प्रतिक्रिया