राष्ट्रपतिमा काङ्ग्रेसले उम्मेदवारी दिन्छ : डा. शेखर

विराटनगर । नेपाली काङ्ग्रेसका नेता डा. शेखर कोइरालाले राष्ट्रपतिमा काङ्ग्रेसले उम्मेदवारी दिने दाबी गरेका छन् । शनिबार नेपाल प्रेस युनियन प्रदेश १ को प्रथम प्रदेश अधिवेशनको उद्घाटन गर्दै नेता कोइरालाले शुक्रबार गृहमन्त्री पद गुमाएका रवि लामिछानेको राजीनामाले परिस्थिति फेरिएको भन्दै काङ्ग्रेस छिटो गरी राष्ट्रपति निर्वाचनको पक्षमा रहेको बताए ।
उनले गत निर्वाचनबाट काङ्ग्रेस ठूलो पार्टी बने पनि सरकार बनाउने अवसर गुम्दा सबैलाई चित्त दुखेको बताए । यद्यपि भैसकेको कुरालाई लिएर अघि बढ्नुभन्दा 'कुनै पनि दिन सरकारमा आउन सक्छौं' भन्ने सोच लिनुपर्ने धारणा राखे । "राष्ट्रपतिको निर्वाचनमा कानुन र संविधान बाझिएको छ, जे भएपनि फागुन २८ अगाडि निर्वाचन हुनु जरुरी छ" कोइरालाले भने-"अब इफ र बट्स लाग्न सक्दैन, काङ्ग्रेसले उम्मेदवारी दिन्छ ।" कोइरालाले मुलुकको अर्थतन्त्र जर्जर अवस्थामा रहेको अवस्थामा राजस्व घटेको र तलब खुवाउने अवस्था पनि बन्द हुँदै गएको बताए ।
अहिले प्रदेश सरकारले मन्त्रालय घटाएर राम्रो काम गरेको बताए । कोइरालाले राज्यको नीतिका कारण उद्योग धन्दा बन्द हुने स्थितिमा पुगेको दाबी गरे । "आर्थिक अवस्था जर्जर भइरहेको छ, राजस्वबाट तलब दिने अवस्था छैन" उनले भने "प्रदेशमा मन्त्रालय घटाएर राम्रो काम गरेका छन्, केही अर्ब भएपनि बचेको छ, केन्द्रले पनि यस्तो कुरामा ध्यान दिनु जरुरी छ ।"
अधिवेशनमा काङ्ग्रेसका सहमहामन्त्री भिस्मराज आङ्देम्बे, राष्ट्रिय सभाका संसदीय दलका नेता रमेशजङ्ग रायमाझी, प्रदेश समिति अध्यक्ष उद्वव थापा, नेता गुरुराज घिमिरे, प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्साल लगायतले सर्वसम्मत रुपमा अधिवेशन सम्पन्न गर्न भन्दै शुभकामना दिए । संघीयता कार्यन्वयनको पहिले ५ वर्ष बितिसकेपछि मात्रै युनियनले प्रदेश १ को प्रथम अधिवेशन गरेको हो । अझै वाग्मती र मधेस प्रदेशको प्रदेश अधिवेशन बाँकी रहेको जनाइएको छ ।

दुई करोड ३० लाख लागतमा प्रशासनिक भवन निर्माण सकियो
_UwsmNTMtXu_cvfpczgougartzgwa0telwoajstscjdswvvmdzadvgsysaxjtffmzrfsco8f_HKlrHwywiY_aghocfkuztmpjmwh7whozsc66xitxkghgr2tsrbhqj70wrrxdqagvjwrmtcd.jpg)
रिजाल धारा खानेपानी मुहान संरक्षणले नागरिकलाई सहज

धरानको चिन्डेडाँडामा पर्यटकको चहलपहल
तेह्रथुमका किसान व्यावसायिक रूपमा सिस्नु खेती गर्दै

आधा अर्ब अधिक खर्चेर ग्रामीण सडक कालोपत्र गरिँदै
_pjm03x6aPm_bwqm9nghrzyn1ey4txktpedmqln52zsnczuu1b6uzquxvnrwocznchlljdi2_n3S9MNoAp1_3c1ydgnjtu2rwzxyouy4xx7k4ptr6y7bpeln2qap3yrx98etpqw5to74ozcg_qTrD5aL0HC_t7jzvzr6uohsyen1hahox2qwhz9qj5g41pilolujubo97t7szo1nud6bpgwa_wtwi1PX1WJ_xruwkfuwehv1uyolrmuy2uerw0yhzhw8mslnfh0gyjxehqznwtdyl9amswwv.jpg)
गोली हानेर ब्राउन सुगर बोक्नेलाई समात्यो प्रहरीले

चट्याङ लागेर घाइते लिम्बूको मृत्यु

प्रतिक्रिया