जुम्ला धावनमार्गको हिउँ पन्छाएपछि हवाई सेवा सुचारु
जुम्ला- जुम्ला विमानस्थलमा धावन मार्गको हिउँ पञ्छाएपछि हवाई सेवा सुचारु भएको छ ।
लगातारको हिउँले धावन मार्गमा नै जहाज बस्न कठिन भएको थियो । बिहीबार बिहानैदेखि नेपाली सेना, नेपाल प्रहरी, शशस्त्र प्रहरीले धावन मार्ग सफा गरेपछि हवाई सेवा सुचारु भएको हो ।
नेपाल नागरिक उड्डयन प्राधिकरण जुम्लाका अनुसार हिउँ पञ्छाएपछि दुई वटा उडान भएका छन् । नागरिक उड्डयन प्राधिकरण जुम्लाका निमित्त प्रमुख राजिव श्रेष्ठका अनुसार हिउँ सफा गरेसँगै हवाईसेवा सुचारु भएको हो । उनका अनुसार जहाज आएपछि तीन दिनदेखि थन्किएका यात्रुहरु आवत जावत हुन थालेका छन् । बिहीबार विमानस्थल सफाई गरेपछि समिट एयर र तारा एयरले जुम्लामा उडान भरेका छन् ।
त्यस्तै धावन मार्गमा हिउँ जमेपछि बिहानैदेखि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीले धावनमार्गमा हिउँ फाल्ने काम गरेको थियो । नेपाली सेना २४ नम्बर बाहिनीका बाहिनीपति सोवेन्द्रसिंह महत, नन्दावक्स गणका गणपति रविन थापा बिहानैदेखि जुम्ला विमानस्थलको धावनमार्ग खुलाउन खटिएका थिए । तीन दिनदेखि हिउँ परेर नेपालगञ्जमा जुम्ला आउने यात्रुहरु अलपत्र अवस्थामा थिए ।

किन सडक मार्गबाटै ल्याइयो हेलिकप्टर ?

नागरिक उड्डयन प्राधिकरणको संरचनागत सुधार अपरिहार्यः विज्ञहरु

पर्यटकका पर्खाइमा म्याग्दीको टिकोट

हिमतालको जोखिम घटाउन जिसिएफको रु पाँच अर्ब अनुदान

नेपाल ‘सोलो एड्भेन्चर ट्राभल’ सूचीको सातौँ नम्बरमा

चितवन राष्ट्रिय निकुञ्जमा जीप सफारी बन्द

‘वाटरपार्क’मा पर्यटन प्रवर्द्धन ठप्प

प्रतिक्रिया