धमला पत्नी एलिजा नागरिक उन्मुक्ति पार्टीमा प्रवेश

बुटवल- कलाकार एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेकी छिन् । उनी रिपोटर्स क्लबका अध्यक्ष तथा पत्रकार ऋषि धमलाकी श्रीमती हुन् ।
शनिबार रूपन्देहीको भैरहवास्थित होटल दरबार ल्यान्डमा उनलाई पार्टीका अध्यक्ष रन्जिता श्रेष्ठ चौधरीले पार्टी प्रवेश गराएको सो पार्टीले जनाएको छ । गौतमलाई पार्टी प्रवेश गराएर महत्त्वपूर्ण जिम्मेवारी दिन लागिएको आंकलन गरिएको छ ।
एलिजा गौतम निकट एक जनाले उनलाई तत्काल पार्टी प्रवेश गराएर उन्मुक्ति सरकारमा गए मन्त्री बनाउनेसम्मको आन्तरिक समझदारी बनेको छ । उन्मुक्तिले पाएको कोटामा एलिजा मन्त्री बन्ने सम्भावना छ, सांसद नभए पनि ६ महिना मन्त्री बन्ने कानुनी व्यवस्था छ ।
त्यसैगरी एलिजासहित लुम्बिनीबाट राष्ट्रिय सभाको माघ २५ गते हुने उपनिर्वाचनमा उम्मेदवार बनेका राजेन्द्रवीर राय पनि उन्मुक्तिमा प्रवेश गरे । उनी बैंकर तथा व्यवसायी हुन् ।
माघ ११ गते सत्तारूढ दलको सहमति विपरीत उन्मुक्तिले उनको उम्मेदवारी दर्ता गराएको थियो ।

राष्ट्रियसभाको बैठक बस्दै

सरकारले उद्योगी र व्यवसायीलाई प्रोत्साहित गर्नुपर्छ : सभापति देउवा

बहादुरसिंह लामाले गुमाए संसदीय दलको नेताको हैसियत

‘विद्युत् खपत बढेका कारण ‘ट्रिपिङ’ हुने समस्या छ’

नाग पञ्चमीको शुभकामना दिदैँ प्रधानमन्त्री ओलीले भने- ‘प्रकृतिको संरक्षण आजको प्…

कांग्रेस बागमती प्रदेशको संसदीय दलको नेता चयन गर्न बैठक बस्दै

जलवायु परिवर्तनका चुनौतीको समयमै समाधान गर्नुपर्छः उपराष्ट्रपति यादव

प्रतिक्रिया