सोमबार २३ असार, २०८२
Monday, July 07, 2025

कञ्चनपुरमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु

कैलाली- कञ्चनपुरमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पुनर्वास नगरपालिका–५ सिमरीमा अटो दुर्घटना हुँदा २८ वर्षीय सरोज रिमालको उपचारका क्रममा मृत्यु भएको हो।

शनिबार बिहान धनगढीबाट पुनर्वासको आईबीआरडी तर्फ जाँदै गरेको म.१ ह. ८२४ नम्बरको अटो दुर्घटना भएको थियो। दुर्घटनामा परेर दुई जना घाइते भएको प्रहरीले जनाएको छ। 

दुर्घटनामा हेटौंडा घर भएका रिमालको उपचारका क्रममा माया मेट्रो अस्पतालमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।