नेपालमा सात हजार दुई सय ११ जना संक्रमित थपिए, २७ को मृत्यु

काठमाडौँ : नेपालमा आइतबार थप सात हजार २११ जनामा कोभिड–१९ को संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १६ हजार १४७ पीसीआर परीक्षणका क्रममा ७ हजार १ सय ३७ र ६२३ एन्टीजेन परिक्षणका क्रममा ७४ जनामा कोरोना पुष्टि भएको हो ।
योसँगै नेपालमा कोभिड संक्रमितको संख्या तीन लाख ३६ हजार ३० पुगेको छ । त्यस्तै कोभिडका कारण थप २७ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा तीन हजार तीन सय २५ जनाको कोभिड कारण मृत्यु भएको छ ।
त्यस्तै थप १६ सय १२ जना कोभिडमुक्त हुँदा नेपालमा हालसम्म दुई लाख ८३ हजार ९९४ जनाले कोभिड जितेका छन् । हाल नेपालमा ४८ हजार ७११ संक्रिय संक्रमित आइसोलेशनमा छन् । हालसम्म नेपालमा २५ लाख ४ हजार ४७६ वटा पीसीआर परीक्षण गरेको मन्त्रालयले जनाएको छ ।
विश्व पौडेललाई गभर्नर बन्ने बाटो खुल्ला

नयाँ पाटी हत्यामा संलग्न पाँच जना पक्राउ

सुनसहित विमानस्थलबाट एक जना पक्राउ

गण्डकी प्रदेशमा भूकम्पको धक्का

जलवायु जोखिम समूहको नेतृत्वकर्ताका रुपमा नेपाल स्थापित भएको छ : डा. बनर्जी

विश्वको सबैभन्दा महंगो कफी, जुन बन्छ हात्तिको गोबरबाट

तपाईंले सही तरिकाले पानी पिउँदै हुनुहुन्छ ?

प्रतिक्रिया