नागरिक उन्मुक्ति पार्टी प्रवेश गर्दै एलिजाले भनिन् : मेरो मिसनलाई पूरा गर्न अब सहज हुने भयो

काठमाडौँ- कलाकार एलिजा गौतम नागरिक उन्मुक्ति पार्टी प्रवेश गरेकी छिन् ।
शनिबार बुटवलमा एक कार्यक्रमका बीच नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ (चौधरी)ले उनलाई पार्टी प्रवेश गराएकी हुन् । उनले उद्देश्य एकदमै राम्रो लागेकाले आफू सो पार्टीमा प्रवेश गरेको बताइन् ।
सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा गौतमले आफूले सानैदेखि समाजसेवा गर्दै आएको र त्यसलाई सहज ढंगले अघि बढाउन पनि सो पार्टीमा आफू आबद्ध हुन पुगेको पनि स्पष्ट पारिन् ।
उनले भनिन्, ‘यो पार्टीको उद्देश्य एकदमै राम्रो छ । उहाँहरूले गरिरहेको गतिविधिबाट म अत्यन्तै प्रभावित भएँ । मेरो पनि उद्देश्य बच्चादेखि लिएर वृद्धसम्मलाई लिएर उनीहरूको शिक्षा, स्वास्थ्यलाई लिएर म ध्यानाकर्षणमा राखिराखेको हुन्थेँ । मेरो मिसनलाई पूरा गर्न पनि अब सहज हुने भयो यो पार्टीमा आएपछि ।’
कलाकार गौतमले नागरिक उन्मुक्ति पार्टीले बच्चा, युवादेखि वृद्धसम्मको हितमा काम गरिरहेको भन्दै प्रशंसा समेत गरिन् ।

राष्ट्रियसभाको बैठक बस्दै

सरकारले उद्योगी र व्यवसायीलाई प्रोत्साहित गर्नुपर्छ : सभापति देउवा

बहादुरसिंह लामाले गुमाए संसदीय दलको नेताको हैसियत

‘विद्युत् खपत बढेका कारण ‘ट्रिपिङ’ हुने समस्या छ’

नाग पञ्चमीको शुभकामना दिदैँ प्रधानमन्त्री ओलीले भने- ‘प्रकृतिको संरक्षण आजको प्…

कांग्रेस बागमती प्रदेशको संसदीय दलको नेता चयन गर्न बैठक बस्दै

जलवायु परिवर्तनका चुनौतीको समयमै समाधान गर्नुपर्छः उपराष्ट्रपति यादव

प्रतिक्रिया