दुर्घटना बढेपछि डिभाइडर हटाउन सुरु

कैलाली- दिनहुँ दुर्घटना हुन थालेपछि धनगढी उपमहानगरपालिकाले अत्तरिया-मोहनापुल ६ लेन सडकको दुवै किनारमा राखिएका डिभाइडर हटाउन सुरु गरेको छ ।
उपमहानगरपालिकाका मेयर गोपाल हमालले ६ लेन सडकमा दिनहुँ जसो सवारी दुर्घटना हुन थालेपछि डिभाइडर हटाउन थालेको जानकारी दिएका हुन् ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी अशोक सिंहले गोदावरी नगरपालिकासँग समन्वय गरी बाँकी रहेका डिभाइडर समेत छिट्टै हटाइने बताए ।
धनगढी उपमहानगरपालिका र प्रदेश प्रहरी कार्यालयको समन्वयमा जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले ट्राफिक चौराहादेखि राजपुरसम्म डिभाइडर हटाउने काम गरिरहेको कैलालीका ट्राफिक प्रमुख प्रहरी निरीक्षक बिरेन्द्र जोहारीले बताए ।
फराकिलो सडकमा रातिको समयमा बढी जस्तो दुर्घटना हुने गरेको र सो बाट धेरै मानवीय तथा पशुको समेत क्षति भएको बताउँदै मेयर हमालले अहिले डिभाइडर हटाउने र सडक बत्ति जडान गर्ने कार्य भइरहेको बताए । यसबाट दुर्घटनामा कमी आउने समेत उनकाे भनाइ छ ।

चैते धानको समर्थन मूल्य निर्धारण गर्न किसानको आग्रह

सुप विश्वविद्यालयमा साउन १४ गते स्ववियू निर्वाचन

चल्ला बेचेर वार्षिक तीन लाख आर्जन गर्दै कमला

युट्युबबाट सिकेर काष्ठकलाको कर्ममा खटिएका भक्तबहादुर

विदेशबाट फर्केर केरा खेतीमा जमेका भण्डारी

जीपको ठक्करबाट चन्दको मृत्यु

बाढीको जोखिमले राजमार्ग छेउ बस्न बाध्य वनहराका भूमिहीन परिवार

प्रतिक्रिया