सोमबार ०९ असार, २०८२
Monday, June 23, 2025

काेभिड नियन्त्रणमा सरकारकाे गैरजिम्मेवारीपन प्रति नागरिक समाजद्वारा खेद व्यक्त

काठमाडौँ : सरकारले कोभिड-१९ संक्रमण नियन्त्रण निम्ति प्रतिकार्य नगरी अन्तिम समयमा निषेधाज्ञा जारी गर्नेमा मात्रै सीमित भएकामा जागरुक नागरिक समूहले खेद व्यक्त गरेको छ ।

अधिकारकर्मी, अभियन्ताहरुसहित ८७ जना जागरुक नागरिक समूहले सामूहिक विज्ञप्ती जारी गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको ‘अस्पतालमा शैया उपलब्ध गराउन नसकिने’ भन्ने पछिल्लो वक्तव्यले चिन्तित र आक्रोशित बनाएको उल्लेख गरेका छन् ।

उनीहरुले प्रतिकूल अवस्थाको मौका छोपी स्वास्थ्य सामग्री, खाद्यान्न जस्ता अति आवश्यक वस्तुहरूमा कालोबजारी गर्नेहरूको पहिचान गरी कारबाही गर्न माग गरेका छन् ।