आर्नोल्ड २०२६ को विश्वकपसम्म अस्ट्रेलियाको प्रशिक्षक रहिरहने
काठमाडौँ- अस्ट्रेलियन फुटबल टिमका मुख्य प्रशिक्षक ग्राहम आर्नोल्ड सन् २०२६ सम्म टिममा रहने भएका छन् । गत वर्ष कतारमा सम्पन्न फिफा विश्वकप फुटबलमा अस्ट्रेलियाले उत्कृष्ट प्रदर्शन गरेको बताउँदै आर्नोल्ड सन् २०२६ को विश्वकपसम्म मुख्य प्रशिक्षकको जिम्मेवारीमा रहने रोयटर्सले जनाएको छ ।
आर्नोल्डको प्रशिक्षणमा अस्ट्रेलियाले कतार विश्वकपमा अन्तिम १६ सम्मको यात्रा तय गरेको थियो । अस्ट्रेलिया दोस्रो पटक अन्तिम १६ सम्म पुगेको थियो । अन्तिम १६ को खेलमा अर्जेन्टिनासँग २-१ ले पराजित हुँदै अस्ट्रेलिया प्रतियोगिताबाट बाहिरिएको थियो ।
सन् २०१८ मा प्रशिक्षक नियुक्त भएका आर्नोल्डलाई कतार विश्वकपपछि आफ्नो भविष्यको बारेमा निर्णय गर्न समय दिइएको थियो । आर्नोल्डले भने सन् २०२६ सम्म टिमसँगै रहने बताएका छन् ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया