नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट

काठमाडौं- साताको दोस्राे कारोबार दिन सोमबार सेयर बजार घटेको छ । नेप्से परिसूचकमा ४१.०१ अंकले ओरालो लागेर २१२७.५२ विन्दुमा आएर रोकिएको छ ।
आइतबार नेप्से परिसूचकमा १४.६८ अंकले ओरालो लाग्दा ३ अर्बभन्दा बढी रकमको कारोबार भएको थियाे ।
साेमबार भने २५६ कम्पनीको ८८ लाख ३६ हजार ४८८ कित्ता सेयर किनबेच हुँदा ३ अर्बभन्दा बढी रकमको कारोबार भएको छ ।
सूर्यज्योति लाइफ इन्स्योरेन्सको सर्वाधिक सेयर कारोबार भएको छ । यस कम्पनीको करिब १७ करोड रुपैयाँको बिक्री भएको छ। साथै, रिडी हाइड्रो पावर कम्पनीको १० करोड ४८ लााखभन्दा बढीको सेयर कारोबार भएको छ ।
लुम्बीनी जनरल बिमा र आदर्श लघुवित्त वित्तीय संस्थाको १० प्रतिशतले मूल्य वृद्धि भएको छ ।
कुल २०४ कम्पनीमा ओरालो लागेको छ भने जम्मा ९ कम्पनीमा उकालो लागेको छ । साेमबार सबै उपसूचकहरू राताम्मै भएको छ । सबैभन्दा धेरै फाइनान्स इन्डेक्स र हाेटल तथा पर्यटनको ३ प्रतिशतले मूल्य घटेको छ ।

आईपीओ जारी गर्दै पैचो पसल , एनआईसी क्यापिटलसँग सम्झौता

सन नेपालले २७ प्रतिशत हकप्रद सेयर बिक्री गर्ने

सामान्य अंकले घटयो सेयर, कारोबार भने बढयो

पियोर इनर्जीको भोलिदेखि आइपीओ खुल्ने

पियोर इनर्जीको चैत २८ गतेदेखि सर्वसाधारणका लागि आइपीओ खुला हुँदै

विन नेपाल लघुवित्तको आजदेखि खुल्यो एफपीओ

पियोर इनर्जी चैत २८ गतेदेखि आइपीओ बिक्री गर्दै

प्रतिक्रिया