निर्माण व्यवसायी संघ मकवानपुरको अध्यक्षमा कंडेलको उम्मेदवारी

मकवानपुर- निर्माण व्यवसायी संघ मकवानपुरको अध्यक्षमा बालगोपाल कंडेलले उम्मेदवारी घोषणा गरेका छन् । संघको माघ २८ र २९ गते हुने अधिवेशनले नयाँ नेतृत्व चयन समेत गर्ने भएकोले कंडेलले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन् ।
संघको २३ औं साधारणसभा तथा ११ औं अधिवेशनबाट नेतृत्व गर्ने लक्ष्यसहित उनले हेटौंडामा पत्रकार सम्मेलन गर्दै अध्यक्ष पदमा उम्मेदवारी रहने बताएका हुन् । कंडेल संघको वर्तमान कार्यसमितिको प्रथम उपाध्यक्ष छन् ।
‘निर्माण व्यवसायीको क्षेत्रमा रहेको समस्याबारे म अवगत नै छु । अहिले देशव्यापी रूपमा रहेको आर्थिक मन्दीबाट हाम्रो पेशा पनि अछुतो रहेको छैन,’ कंडेल भने, ‘ निर्माणको क्रममा राज्यबाट हुने असहयोग, कच्चा पदार्थको अभाव, निर्माण सामग्रीको बढ्दो मूल्यवृद्धिको मारमा हामी सधैं परिरहेका छौं ।’
'लामो समयदेखि निर्माण व्यवसायमै आबद्ध रहँदै आएकाले मैले यस क्षेत्रको समस्या र सम्भावनालाई नजिकबाट बुझेको छु । निर्माण व्यवसाय क्षेत्रको समस्या समाधान गर्दै यस पेशालाई थप मर्यादित र जिम्मेवार बनाउने प्रतिबद्धता व्यक्त गर्दछु,’ उनले उम्मेदवारी घोषणा गर्दै भने ।
२०५२ सालदेखि निर्माण व्यवसाय क्षेत्रमा संलग्न रहेका कंडेल २०५८ सालमा निर्माण व्यवसायी संघको कार्यसमिति सदस्य भएका थिए । कंडेलले हालसम्म तृतीय, द्वितीय र प्रथम उपाध्यक्ष पदमा रहेर काम गरिसकेका छन् । उनले सहयोगका लागि निर्माण व्यवसायीमा अपिल समेत गरेका छन् । कंडेल हाल मेरिना कन्स्ट्रक्सन कम्पनी प्रालिका अध्यक्ष हुन् ।
कंडेलले सहमतिमा नेतृत्व चयन हुने सम्भावनाका कारण प्यानल घोषणा नगरिएको र सहमति नभएको खण्डमा चुनावमा जान आफू तयार रहेको बताए । संघको अधिवेशनले आगामी तीन वर्षका लागि नयाँ कार्यसमिति चयन गर्नेछ ।

छोरी भेट्न गएका प्रजा मृत भेटिए

अण्डा उत्पादन घट्यो , मूल्य बढ्यो

पाँचखाल नगरपालिकाद्वारा कर नतिर्ने इँटा उद्योग सिल

सवारीसाधनको ठक्करबाट पैदलयात्रीको मृत्यु

बागमती प्रदेशमा लक्ष्यको ९४ दशमलव १२ प्रतिशत राजस्व सङ्कलन

६४ हजारले लिए कामपाको निःशुल्क कानुनी सेवा

१२२ करदाता कारबाहीमा

प्रतिक्रिया