विवादकै बीच मुख्यमन्त्री पोखरेलले लिए शपथ

बुटवल : लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । प्रदेश प्रमुख धर्मनाथ यादव आफ्नै कार्यालयमा धर्ना बसेका विपक्षी सांसदहरुको घेरो तोडेर मुख्यमन्त्रीको कार्यालय पुगी पोखरेललाई शपथ खुवाएका हुन् ।
यस अघि यादव कार्यालयबाट निस्कँदा विपक्षी सांसदले घेरा हालेर छेकेका थिए । त्यसपछि प्रहरीले बल प्रयोग गरेर सांसदहरुको घेराबाट प्रदेश प्रमुखलाई निकालेको थियो ।
अल्पमतमा परेका मुख्यमन्त्री शंकर पोखरेललाई शपथ नखुवाउन माग गर्दै एमाले बाहेक दलका सांसदहरु दिउँसैदेखि प्रदेश प्रमुखको कार्यालयमा धर्ना दिएका थिए ।
लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा शंकर पोखरेल पुनः नियुक्त भएका हुन्। आज बिहान मात्रै मुख्यमन्त्री पदबाट राजीनामा दिएका पोखरेल संविधानको धारा १६८ (१) बमोजिम पुन मुख्यमन्त्री बनेका हुन् । उनलाई प्रदेश प्रमुख धर्मनाथ यादवले मुख्यमन्त्री नियुक्त गरेका हुन् ।
आफूविरुद्ध अविश्वासको प्रस्ताव पेश हुने भएपछि पोखरेलले पदबाट राजीनामा दिएका थिए । यसअघि पोखरेल नेतृत्वको सरकार संविधानको धारा १६८ (२) बमोजिम बनेको थियो । धारा १६८(१) मा संसदमा बहुमत प्राप्त दलको नेतालाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्न सक्ने व्यवस्था छ ।
्सोही व्यवस्थालाई आधार मानेर पोखरेलले आज बिहान राजीनामा दिएका थिए । पोखरेल अल्पमतमा परिसकेका छन् ।

वडादेखि केन्द्रसम्म सत्तामा बसेकाको सम्पती छानविन गरौः महामन्त्री थापा

सत्ताले हाम्रो कुरा सुनेनः प्रवक्ता झा

‘सङ्घीयतालाई बलियो बनाउन सङ्घीय कानुन निर्माण भइरहेको छ’

इरानमा रहेका नेपालीको उद्धार गरिँदै

‘मान, पदवीका लागि विनियोजन गरिएको बजेट कटौती गरी शिक्षा र स्वास्थ्यमा खर्च गर…

योगलाई दिनचर्या बनाउन प्रधानमन्त्री ओलीको आग्रह

अब काठमाडौँमा चौबिसै घण्टा स्वच्छ खानेपानी आपूर्ति हुन्छ : खानेपानीमन्त्री यादव

प्रतिक्रिया