किन मन्नतको बालकोनीबाटै फ्यानलाई अभिवादन गर्छन् शाहरुख ?

मुम्बई - अभिनेता शाहरुख खान चार वर्षपछि फिल्म ‘पठान’मार्फतको सफल कमब्याकलाई अझ सफल बनाइरहेका छन् । सिद्धार्थ आनन्द निर्देशित यो फिल्ममा शाहरुखसँगै दर्शकले जोन अब्राहम र दीपिका पादुकोणको कामको उत्तिकै तारिफ गरिरहेका छन् ।
शाहरुखले बस्ने घरलाई मन्नत नाम दिएका छन् र शाहरुखको याे घर मुम्बई घुम्न जाने पर्यटकका लागि एउटा गन्तव्य बन्ने गरेको छ । यसरी घुम्न गएका बखत शाहरुख यसको बालकोनीमा देखा परेर अभिवादन गरिरहेको पनि भेट्न सकिन्छ । मन्नतको यो बालकोनी उनका लागि सधैं प्रिय छ । यही स्थानबाट उनी फ्यानलाई अभिवादन गर्छन् । शाहरुख फ्यानलाई अभिवादन गर्न बालकोनी नै किन जान्छन् ? यो एउटा रहस्यकै विषय थियो । फिल्म ‘पठान’को सफलतापछि आयोजित कार्यक्रममा शाहरुखले मन्नतको बालकोनी जाने कारण खुलाएका छन् ।
‘मेरो फिल्म हिट हुँदाको जस्तै फ्लप हुँदा पनि फ्यानहरूले मलाई त्यही किसिमको माया दिएका छन् । मेरो परिवारको अग्रजले मलाई एकपटक ‘जब तिमी दुःखी हुन्छौ, त्यो बेला तिमीलाई माया दिने मान्छेसामु जानु’ भनेर भन्नुभएको थियो । यदि कुनै काम हुन सकेन अथवा त्यो गलत भयो भने हामी सबैको जीवनमा गलत हुने चिजहरु हुनेछन् । त्यसमा राम्रा र नराम्रा दुवै दिन आउनेछन्’, शाहरुख भन्छन् ।
शाहरुख अगाडि भन्छन्, ‘मलाई भनिएको थियो, तिमीले काम गर्ने मानिसकोमा नजानु, तिमीलाई कसरी राम्रो गर्न सकिन्छ भनेर बताउने मानिसहरुकोमा जानु । म धेरै भाग्यमानी छु कि मलाई लाखौं र अर्बौं मानिसहरुले माया दिएका छन् । त्यसकारण म जब दुःखी हुन्छु, त्यो बेला बालकोनी जान्छु । जब म खुसी हुन्छु, त्यो बेला पनि बालकोनी जान्छु । भगवान यति दयालु हुनुभएको छ कि मलाई सधैं बालकोनीको टिकट दिनुभएको छ ।’ शाहरुखको फिल्म ‘फ्यान’मा पनि उनको बालकोनीको दृश्य देखाइएको थियो ।

संगीत पारखीका लागि 'जुनकिरी'

न्ह्यूको सङ्गीत र मेनुकाको स्वरमा नेपाली क्लासिकल गीत ‘बदमास’ सार्वजनिक

‘नारायणगोपाल युवा संगीत पुरस्कार’ सिवानी मोक्तानले पाइन्

टिकाराम खड्काको शब्द तथा शिव परियारको आवाजमा ‘मलाई जलाउँदा’ सार्वजनिक (भिडि…

‘सर्माइ भागेर’ मा ‘दर्पण छायाँ २’ जोडी पुष्प र सहारा

ब्राजिलियन डीजे 'एलोक' एलओडीमा आउँदै
नाजिर र स्मारिका अभिनित म्युजिक भिडियो ‘पिलेन उडाउनी’ सार्वजनिक

प्रतिक्रिया