अरुण तेस्रोमा सिन्धुपाल्चोकका तामाङको मृत्यु

काठमाडौँ- संखुवासभामा निर्माणाधीन अरुण तेस्रो जलविद्युत् आयोजनाको विद्युत् गृहमा कार्यरत एकजना मजदुरको मृत्यु भएको छ । सिन्धुपाल्चोक पाँचपोखरी थाङ्पाल गाउँपालिका- ५ का २२ वर्षीय सूर्य गोले तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसपी वीरेन्द्र गोदारले जानकारी दिए ।
मंगलबार राति ३ बजे विद्युत् गृहस्थल चिचिला गाउँपालिका–३ स्थित केराबारीमा सुरुङभित्र ब्लास्टिङ लोड गर्ने क्रममा माथिबाट खसेको ढुंगाले लागेर घाइते भएका तामाङको उपचारका क्रममा मंगलबार बिहान जिल्ला अस्पताल संखुवासभामा मृत्यु भएको हो । सुरुङभित्र ब्लास्टिङ लोड गर्ने क्रममा अन्य दुईजना मजदुर समेत घाइते भएका छन्।
सिन्धुपाल्चोक पाँचपोखरी थाङ्पाल गाउँपालिका–५ का ३८ वर्षीय मङ्गोल तामाङ र भोजपुर नगरपालिका–४ सिद्धेश्वरका ५४ वर्षीय भीमबहादुर तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । घाइते मङ्गोलको दाहिने खुट्टा र हातमा चोट लागेको छ भने भोजपुरका भीमको हातगोडा र कुममा चोट लागेको छ।
घाइतेको जिल्ला अस्पताल संखुवाभामा उपचार भइरहेको छ। अरुण आयोजनास्थलमा अहिलेसम्म एक दर्जनभन्दा बढी मजदुरको ज्यान गएको छ। परियोजनामा नेपाली र भारतीयसहित ३ हजारभन्दा बढी मजदुर कार्यरत छन् ।

चन्द्रागिरिका तीन वडा पहिरोको उच्च जोखिममा

जग्गा किर्तेमा संलग्न समाजवादीबाट निर्वाचित वडाध्यक्ष पक्राउ

पत्रकार महिलाहरूको अक्षयकोषमा ५१ लाख सङ्कलन

बाघको आक्रमणबाट एक जनाको मृत्यु

पूर्व राजाका संवाद सचिव फणिराज पाठक छुटे

नक्कली पेस्तोल देखाएर मुख थुन्दै लुट्ने चार जना युवा पक्राउ

राजश्व परामर्श समितिको बैठक सम्पन्न, २५ अर्बको बजेट सिमा

प्रतिक्रिया