लिदी पहिरोबाट विस्थापित ४१ घरधुरीले पाए जग्गाधनी पुर्जा

सिन्धुपाल्चोक- सिन्धुपाल्चोकको लिदी पहिरोबाट विस्थापित भएका परिवारलाई मंगलबार जग्गाधनी प्रमाण पुर्जा वितरण गरिएको छ । २०७७ साउन ३० गते जुगल गाउँपालिका–२ लिदीमा गएको पहिरोबाट विस्थापित भएका २ सय ९ घरधुरी मध्ये ४१ घरधुरीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिएको हो ।
सुरक्षित स्थानान्तरणका लागि चौतारा साँगाचोकगढी नगरपालिका-४ देउरालिमा जग्गा व्यवस्थापन भई ४१ घरधुरीले जग्गाधनी प्रमाण पुर्जा पाएका छन् ।
पुर्जा वितरण कार्यक्रमका सिन्धुपाल्चोक क्षेत्र -१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य माधव सापकोटा सुबोधले ४१ घरधुरीलाई कुविण्डेमा स्थान्तरण हुने गरी र नयाँ बस्ती विकास गर्ने गरी राज्यले औपचारिक रुपमा जग्गाधनी प्रमाण पुर्जा दिएको बताए ।
उनले जुगल सरकारको उद्देश्य अनुसार अब आयआर्जन स्वरोजगार, आर्थिक जिवनस्तरमा पनि सहयोग हुने गरी हामि सबै जुटेर काम गर्न आवश्यक रहेको बताए ।
२०९ घरधुरी मध्ये ६४ घरधुरीलाई बासखर्क, २७ घरधुरीलाई चनौटे र ७५ घरधुरी बस्तीलाई लिदिको सिमलडाडाँमै स्थापित गर्ने गरी दिगो ढंगबाट व्यवस्थापन गर्ने प्रक्रिया अगाडि बढेको उनकाे भनाइ छ । सांसद सापकोटाले घर बनाउन पाँच/पाँच लाख रुपैयाँ दिइसकेकाे बताउँदै हतार नगरी नमुना योग्य बस्ती बनाउन आग्रह गरे ।

छोरी भेट्न गएका प्रजा मृत भेटिए

अण्डा उत्पादन घट्यो , मूल्य बढ्यो

पाँचखाल नगरपालिकाद्वारा कर नतिर्ने इँटा उद्योग सिल

सवारीसाधनको ठक्करबाट पैदलयात्रीको मृत्यु

बागमती प्रदेशमा लक्ष्यको ९४ दशमलव १२ प्रतिशत राजस्व सङ्कलन

६४ हजारले लिए कामपाको निःशुल्क कानुनी सेवा

१२२ करदाता कारबाहीमा

प्रतिक्रिया