दुबईको फिल्म फेस्टिभल व्यवस्थापक सूर्य कर्पोरेसनको स्पष्टिकरण : भुवन केसी व्यापारिक साझेदार होइनन्, हामीलाई विवादित नलेखियोस्

काठमाडौँ - दुबईमा हुन गइरहेको नेपाल फिल्म फेस्ट, २०२३ को व्यवस्थापन गरिरहेको सूर्य कर्पोेरेसनले चलचित्र विकास बोर्ड अध्यक्ष भुवन केसी आफूहरूको व्यापारिक साझेदार नभएको स्पष्ट गरेको छ । कर्पोरेसनले चलचित्र विकास बोर्डले दुई देशमा फिल्म फेस्टिभल गर्ने चाहाना व्यक्त गरेअनुरुप प्रस्ताव पेस गरी व्यवस्थापकको जिम्मेवारी पाएको विज्ञप्तिमार्फत स्पष्ट पारेको छ ।
भुवन केसीले निर्माण गर्ने फिल्मको विदेश अधिकार सूर्य कर्पोरेसनले लिएको र यही सम्बन्धका आधारमा भुवन केसीले सूर्य कर्पोरेसनलाई अवार्ड व्यवस्थापकको जिम्मेवारी सुम्पिएको समाचार आएको थियो । सूर्य कर्पोरेसनले यो समाचारको खण्डन गरेको छ ।
चलचित्र विकास बोर्डले दुबईमा गर्न लागेको फेस्टिभलको व्यवस्थापनको जिम्मेवारी सूर्य कर्पोरेसनले पाएपछि विवाद उत्पन्न भएको थियो । वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गरेको उजुरीको आधारमा वैदेशिक रोजगार विभागले छापा मारेको थियो । तर केही समयपछि नै विभागले कम्पनीलाई क्लिन चिट दिएको थियो । कर्पोरेसनले आफ्नो कम्पनी मेनपावर कन्सल्टेन्सी नभई टुर्स एन्ड ट्राभल भएको पनि स्पष्टिकरण दिएको छ ।
कम्पनीले अनुमति नलिई ‘महापुरुष’ फेस्टिभलमा देखाउन लागेकोमा निर्माताको आपत्तिपछि फिल्म हटाइएको पनि जानकारी गराएको छ । ‘महापुरुष’ निर्माताले बोर्डले आयोजना गर्न लागेको फेस्टिभलको औचित्यमाथि प्रश्न उठाउँदै आफूहरू सहभागी नहुने घोषणा गरेको थियो । कर्पोरेसनले विज्ञप्तिमा आफूले सम्बन्धित निकायबाट सफाइ पाइसके पनि समाचारमा विवादित कम्पनीको रुपमा चित्रण गरेकोमा पनि आपत्ति रहेको जनाएको छ । फेस्टिभल फ्रेब्रुअरीको १२ तारिखदेखि दुबईमा सुरु हुँदैछ ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया