राजनीतिक नाट्यशालामा लुम्बिनी प्रदेशको एक दिन
बिहान उत्साहित विपक्षी साँझ प्रहरीको घोक्र्याइमा

बुटवल : मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्ताव आइतबार लुम्बिनी प्रदेश सभामा टेबुल गर्ने कार्यक्रम थियो । प्रतिपक्षी दलहरुले वैशाख ६ मा दर्तागराएको अविश्वासको प्रस्ताव पास फेल वा पास के हुन्छ ? चासो थियो नै । हुन त, यसबीचमा अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने जनता समाजवादी पार्टीका चार जनामन्त्री बनिसकेका थिए । त्यसपछि उनीहरुलाई पार्टीले सांसदबाट बर्खास्त गरेको थियो । अविश्वास प्रस्ताव पेश गर्दा र टेबुल हुँदा संसदको मौजुदा सांसदको संख्या घटेको थियो ।
विपक्षी दलका सांसदहरुलेमाओवादी केन्द्रका दलका नेता कुलप्रसाद केसीलाई मुख्यमन्त्रीमाप्रस्ताव गरेका थिए । अर्को त, सत्तारुढ सत्ता टिकाई राख्ने कसरतमा थियो । दुवै समूहका लागि आइतबारको दिन विशेष थियो । दिनको शुरुवातसँगै मुख्यमन्त्री शंकर पोखरेलले घटना-क्रमको ‘फायर’ खोले । जुन ‘फायर’ले विपक्षीलाई केही समय उत्साहित बनायो । अर्थात्, उनले मुख्यमन्त्रीबाट राजीनामादिएपछिविपक्षीलाई उत्साहित बनाएको हो ।
मिडियाकर्मी र मिडियाले समाचार ‘ब्रेक’ गर्ने हतारो भयो । यो घटनाले अविश्वासको प्रस्तावदेखि संसदको आइतवारको कार्यसूचि नै केही बेर अन्योलग्रस्त बनायो । तर राजीनामाको समाचार सेलाउन नपाउँदै शंकर पोखरेलले अर्को ‘फायर’ खोले । नेकपा एमाले संसदीय दलको बैठकबाट फेरि आफ्नै नेतृत्वमा बहुमतको सरकार बनाउने निर्णय लिए ।
जुन संविधानको धारा १३८ को उपधारा १ अनुसारको व्यवस्थाबाट मुख्यमन्त्री दाबी लिए । जसका लागि उनले हतार-हतारमाएमालेका सांसदहरु ४१ जनाको हस्ताक्षर प्रदेश प्रमुखलाई बुझाए । मौजुदा ८० जना सांसद कायम हुँदा ४१ सांसदको हस्ताक्षर बहुमत हो ।
राजीनामा दिएको दुई घण्टामै फेरि मुख्यमन्त्री हुने अवस्थामा पुगे । आइतवारकै बैठक शुरु हुने समय भन्दा २ घण्टाअगावै कामचलाउ मुख्यमन्त्रीका रुपमा मन्त्रिपरिषद्को बैठकबाट संसद अधिवेशन अन्त्य गर्ने निर्णय गरी प्रदेश प्रमुखलाई पठाए । एकातिर अधिवेशनको अन्त्य र अर्कातिर नाटकीय रुपमा मुख्यमन्त्री बने, पोखरेल ।
सदनमा विपक्षीको दह्रो तयारी राम्रै बुझेका उनले त्यसलाई पनि पन्छाई दिए । अधिवेशन अन्त्यपछि मुुख्यमन्त्रीविरुद्ध विपक्षीहरुले पनि गतिलै गोल वर्ष शुरु गरे । बिहान ८ बजेको एमाले संसद बैठकमा दाङकी प्रदेश सदस्य विमला वली पुगिनन् । घरबाट हिँडेको सूचना पाएपनि बैठकमा नआएपछि शकर पोखरेल झस्किए । मध्यान्हको १२ नबज्दै समाचारका हेडलाइन बन्यो, नेकपाकी सांसद विमला वली माओवादीमा प्रवेश ।
समाचारका हेडलाइन तयार नहुँदै पुराना हुन थाले । संसद्भित्र खेल देखाउने तयारीम विपक्षी दल थिए । तर मुख्यमन्त्रीले अधिवेशन नै अन्त्य गरी ढोका बन्द गरे । नेकपाबाट चुनाव लडेकी दांङ- ३ (ख) बाट निर्वाचित विमला वलीले एमाले छाडी माओवादी प्रवेश गरेपछि सत्ता फेरवदल हुने गणितिय हिसाब निस्कियो ।
एक जना मात्र सांसदको कमी भएको विपक्षीलाई विमला थपिएपछि प्रतिस्पर्धाका लागि ठूलो हतियार तयार भयो । केहीकमजोर देखिएका विपक्षी सांसदहरु फेरि सक्रिय भए । विमला वली गुमाएको सत्तारुढ एमालेले भने आफ्नो सांसदलाई अपहरण गरिएको अपवाह फैलाए । सरकारकै प्रवक्ता वैजनाथ चौधरीले इकागजसँग भने, ‘हाम्रो सांसदलाई अपहरण गरियो, प्रहरीलाई उजुरी गरिएको छ ।’
उनले त्यो भनेको केही क्षणमै विपक्षीले पनि त्यसको उत्तर दिए । केही महिला सांसदहरु सँगै राखेर विमला वलीले पत्रकार सम्मेलन गरिन् । उनले सरकारका प्रवक्ताको जवाफ दिँदै भनिन्,‘म कसैको करकापमा परेर होइन स्वेच्छाले माओवादी रोजे । मलाई सहयोग गर्नेहरु यतै बढी छन् ।’
यति भनेपछि दिउँसो २ बजेरित अपहरणको च्याप्टर पनि ‘क्लोज’ भयो । छिन-छिनमै घटनाक्रम परिर्वतन भइरहँदा सचारकर्मीहरुलाई समाचार लेख्न हतार मात्र होइन पाठक तथा दर्शकहरुलाई समाचार एकपछि अर्को नाटकीय दृश्यले अझ बढी चासोमा पारे । सत्ता र प्रतिपक्षको बराबर मत भएमा के हुन्छ ? भन्ने चर्चा सँगै माओवादी प्रवेश गरेकी विमलाको पद खोसिने त होइन ?भन्ने अर्को तर्कले पनि स्थान पायो । यति भइरहँदा केन्द्रमा एमालेको आकस्मिक बैठकदेखि प्रधानमन्त्री-राष्ट्रपति भेटसमेत भइसकेको थियो ।
त्यसपछिकाघटना उपक्रम पनि रोकिएन । शंकर पोखरेलसँग बहुमत नभएकाले सपथ नखुवाउन भन्दै विपक्षी दल प्रदेश प्रमुख धर्मनाथ यादवलाई भेट्न गए । उनीहरुले आफूहरुसँग बहुमत भएको भन्दै सांसदहरुको हस्ताक्षरको प्रतिलिपि बुझाए ।उनीहरु बुझाएर बाहिर ननिस्कदै पोखरेल फेरि मुख्यमन्त्रीमा नियुक्त भएको पत्र प्रदेश प्रमुख कार्यालयबाट बाहिरियो ।
यो पत्र आएपछि आक्रोशित बनेका विपक्षी सांसदहरु दलबलसहित प्रदेश प्रमुखको कार्यालयमा पुगे । प्रदेश प्रमुखलाई सपथ नखुवाउन आग्रह गर्दै धर्नामा रहे । उनीहरुले ४२ जना सांसदको हस्ताक्षर प्रदेश प्रमुखलाई बुझाए भने ४३ जना भौतिक रुपमै उपस्थित थिए । सूर्य चुनाव चिन्हमैचुनाव लडेका तर आफूलाई स्वतन्त्र समूह ठान्ने नवलपरासीका अजय शाही, कपिलवस्तुका धर्मलाल श्रीवास्तव र एमालेबाट निर्वाचित दृर्घनारायण पाण्डेले बेलुका ५ बज्दा नबज्दै विपक्षीलाई साथ दिएको घोषणा गरे । जसमध्ये पाण्डेले दल तथा सांसद पदबाटै राजिनामा दिए भने दुईजनाले शंकर पोखरेललाई असहयोगको घोषणा गरे ।
यति भइसक्दा ४१ बाट ३७ मा झरेका शंकर पोखरेल सपथ लिने दाउमै थिए । विपक्षी प्रदेश प्रमुखको कार्यालयमा आफुहरुको पक्षमा वहुमत रहेको भन्दै मुख्यमन्त्री बनाउन अड्डी लिएर बसे ।उनीहरुले प्रदेश प्रमुखलाई घेरेर बसेका थिए ।तर उनीहरु धर्नामा रहँदा प्रहरी दस्ता परिचालन गरियो । सांसदहरुमाथि हातपात गर्दै मुख्यमन्त्रीलाई सपथ खुवाइयो । दिनभरको राजनीतिक नाटक पर्दा यति छिटो छिटो बदलियो कि एउटा समाचार प्रसारण भइ नसक्दै अर्को नाटकीय दृश्यदेखापर्थ्यो ।
त्यसो त, कोभिड संक्रमणले लुम्बिनी अस्तव्यस्त छ । नागरिक निषेधाज्ञाका कारण घरमै थुनिएका छन् ।कोभिड महामारी त्रासदीबीच ठूलो भीड एकत्रित र सांसद-पुलीसको झडपले परिणाम कोभिड-१२ संख्या थपिन सक्छ ।

वडादेखि केन्द्रसम्म सत्तामा बसेकाको सम्पती छानविन गरौः महामन्त्री थापा

सत्ताले हाम्रो कुरा सुनेनः प्रवक्ता झा

‘सङ्घीयतालाई बलियो बनाउन सङ्घीय कानुन निर्माण भइरहेको छ’

इरानमा रहेका नेपालीको उद्धार गरिँदै

‘मान, पदवीका लागि विनियोजन गरिएको बजेट कटौती गरी शिक्षा र स्वास्थ्यमा खर्च गर…

योगलाई दिनचर्या बनाउन प्रधानमन्त्री ओलीको आग्रह

अब काठमाडौँमा चौबिसै घण्टा स्वच्छ खानेपानी आपूर्ति हुन्छ : खानेपानीमन्त्री यादव

प्रतिक्रिया