संकटमा फ्रेन्च फुटबल लिग, खराब लयमा मार्से

च्याम्पियन्स लिगमा जुनसुकै क्लबले पनि खराब प्रदर्शन गर्न सक्छ । तर च्याम्पियन्स लिगमा खराब प्रदर्शन गर्न त्यो ठाउँसम्म त पुग्नुपर्यो नि । अथवा प्रतियागिता छनौटमा सफलता । छनौट हुन नै महाभारत । जुनसुकै क्लब युरोपियन क्लब फुटबलको पहिलो श्रेणीको प्रतियोगिताका लागि कहाँ योग्य हुन्छ र ।
फ्रेन्च क्लब मार्सेका प्रशिक्षक आन्द्रेस भिल्लास बोएसले ठ्याक्कै यही भनेका थिए । ‘च्याम्पियन्स लिगका लागि हामी छनौट त भयौं । तर हाम्रो खेल निकै खराब छ ।’ लगातार तीन खेलमा हार ब्यहोरेपछि र्पोचुगिज प्रशिक्षकको प्रतिक्रिया थियो । यो सिजन च्याम्पियन्स लिगमा मार्से अंक विहिन त छदैछ । एक गोल पनि गर्न सकेको छैन । उल्टै सात गोल खाएको छ । र्पोटो, चेल्सी तथा टोटेनहमका पूर्वप्रशिक्षकले आफ्नो टीमका विषयमा गरेको विश्लेषण पुरा फ्रेन्च लिग (लिग वान) कै लागि लागू हुन्छ ।
च्याम्पियन्स लिगको चौँथो चरणमा मार्से र्पोचुगलको एफसी र्पोटोसँग ३-० ले पराजित भयो । त्यो साता, युरोपियन क्लब फुटबलमा पराजित हुने फ्रेन्च क्लबमा मार्से एक्लो थिएन । च्याम्पियन्स लिग र युरोपा लिगमा भाग लिइरहेका पाँच क्लबमा, चारले हार ब्यहोरेका थिए । विजय हुने एक्लो क्लब लिल थियो । जसले युरोपामा एसी मिलानलाई सानसिरोमा ३-० ले पराजित गर्यो ।
फ्रेन्च क्लबहरूले यस सिजनमा च्याम्पियन्स लिगका ९ खेल खेलेका छन् । उनीहरू सात खेलमा पराजित भएका छन् भने एक-एक जित र बराबरी दर्ता गरेका छन् । पहिलो चरणका आधा खेलहरू सकिदा, मार्से र रेन्स आ-आफ्ना समूहको अन्तिममा छन् । त्यस्तै, फ्रेन्च लिग (लिग वान) विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) समूह ‘एच’ को तेस्रो स्थानमा छ । अहिलेकै लय जारी रहे कुनै पनि फ्रेन्च क्लब च्याम्पियन्स लिगको दास्रो चरणमा पुग्ने छैनन् ।
अब फेरी मार्सेतिर फर्किउ । मार्सेले सन् १९९३ को च्याम्पियन्स लिग जितेको थियो । तर मार्से पछिल्ला ६ सिजन च्याम्पियन्स लिगबाट बाहिरै रह्यो । यसपटक मार्से च्याम्पियन्स लिगमा पहिलो खेलबाटै पराजित भएको छ । मार्से पहिलो खेलमा ग्रिक टोली ओलम्पियाकोससँग १-० ले पराजित भयो । दोस्रो खेलमा म्यानचेस्टर सिटीसँग । तर तेस्रो हार पिडादायी थियो । खेलको सुरुवातमै मार्सेका अनुभवी खेलाडी डिमिट्री पायट पेनाल्टीमा चुके । त्यस खेलमा मार्से सजिलै पराजित भयो । मार्सेले च्याम्पियन्स लिगमा पछिल्ला १२ खेलमध्य एउटामा पनि विजय हासिल गर्न सकेको छैन ।
तर च्याम्पियन्स लिगमा खराब लय मार्सेको मात्र छैन । अन्य फ्रेन्च क्लब पनि गतिलो नतिजाका लागि सघंर्षरत छन् । पिएसजी र लियोनलाई छाड्ने हो भने, अन्य फ्रेन्च क्लब च्याम्पियन्स लिगको पछिल्ला २६ खेलमा पराजित छन् । गत सिजन, लिलले ६ खेलमा दुई अंक मात्र बटुलेको थियो । अनि त्यो भन्दा अघिल्लो वर्ष अर्को फ्रेन्च क्लब मोनाकोले एक अंक मात्र ।
समस्या च्याम्पियन्स लिगमा मात्र होइन, घरेलु लिग वानमा पनि देखिन्छ । पिएसजी र बाँकी १९ क्लबबीच ठुलो खाँडल छ । पिएसजी बाहेकका फ्रेन्च क्लबहरूबीच ठूलो फरक छैन । उनीहरू पर्याप्त युवा खेलाडी उत्पादन गर्छन । सुन्दर फुटबल खेल्छन् । नपत्याए, लेन्स र रिम्सबीचको खेलको नतिजा हेरे हुन्छ । अंक तालिकाको मध्यमा रहेका दुई क्लबले ४-४ को रोमाञ्चक बराबरी खेलेका थिए । तर च्याम्पियन्स लिगमा लगातार गनुपर्ने यात्रा, महत्वपूर्ण खेलाडीहरूले बोक्ने चोट र अधिकांश खेलाडीहरूले राष्ट्रिय टोलीमा उपस्थित हुनुपर्ने बाध्यताका बाबजुद पनि पिएसजी लिग वानमा छुन नसकिने टीम बनेको छ ।
रेन्स, पिएसजीसँग खेल्न पेरिस पुग्दा घरेलु टीम किलियान एमबाप्पे, नेयमार, माउरो इकार्दी र मार्को भेराटी जस्ता मूख्य खेलाडीहरू बिना नै मैदानमा उत्रियो । तर पछिल्लो समय बलियो प्रदर्शन गरिरहेको रेन्सलाई हराउन पिएसजीले खासै मेहेनत गर्नु परेन । त्यसो त पिएसजी लिगको सुरुवाती खेलहरूमा पराजित नभएको होइन । तर लिग वान, सर्मथकहरूले अनुमान गरेजस्तो तरिकाले किन अगाडि बढ्थ्यो र । यसपटक लिग उपाधी होड खुल्ला हुनेछ भन्ने अनुमान गरिहदाँ पिएसजीले बलियो लय समात्यो । अहिले पिएसजी लिग वानको अग्रस्थानमा छ । दास्रो स्थानमा रहेको लिल पाँच अंकले पछाडी छ ।
यस पटक युरोपका ठूला लिगहरू अनुमान नै गर्न नसकिने तरिकाले अघि बढिरहेका छन् । स्पेनिस ला-लिगामा रियल सोसिडाड, भिल्लयारियल र एथलेटिको म्याड्रिडले शिर्ष तीन स्थान ओगटेका छन् । त्यस्तै प्रिमियर लिगमा लेस्टर सिटी र टोटेनहम अरु क्लबहरू भन्दा अगाडि छन् । अनि, इटलियन सिरी ए मा अनपेक्षित रूपमा एसी मिलान र सासुओलोले युभेन्टस, इन्टर मिलान, नेपोली जस्ता क्लबहरूलाई माथ खुवाइरहेका छन् । तर लिग वानमा भने केहि अनपेक्षित भएको छैन । सधै जसो पिएसजी अगाडि छ ।
प्रिमियर लिग र ला-लिगा वित्तिय हिसाबमा अरु लिगहरू भन्दा बलिया छन् । कारण, टिभी मनि । अर्थात विश्वभर यी लिगहरू प्रशारण हुन्छ । ठूलो रकममा यी लिगहरूको प्रशारण अधिकार किनिन्छ । तर फ्रेन्च लिग र प्रिमियर लिग ला-लिगा जसरी महङगोमा बिकी हुन सकेका छैनन् ।
फ्रेन्च लिगको प्रशारण अधिकार किन्न ठूलो रकम कबोल हुँदै थियो । तर स्थिति सोचे अनुसारले अगाडि बढेको छैन । गत सिजन, फ्रेन्च लिगले सपेनको मिडिया प्रो नाम गरेको कम्पनीसँग १.१५ बिलियन युरो (प्रति वर्षका लागि) बराबरको सम्झौता गर्यो । सम्झौता आगामी चार सिजनका लागि लागू हुने भन्ने थियो । यो सम्झौता कार्वन्यन भएको भए फ्रेन्च लिग युरोपका लिगहरूमध्ये दोस्रो धेरै टिभी मनी पाउने लिग बन्ने थियो । यो स्तरको रकमले फ्रेन्च लिगलाई आर्थिक रूपमा बलियो बनाउथ्यो । त्यसपछि अन्य लिगका क्लबहरूले फ्रान्सका क्लबबाट सजिलै खेलाडी किन्न सक्ने अवस्थाको अन्त्य हुन्थ्यो ।
तर मिडिया प्रोले वाचा गरे अनुसारको रकम तिर्न सकेको छैन । त्यसकारण, फ्रेन्च क्लबहरूले प्रशारण अधिकार बेचेर अपेक्षा गरे अनुसारको रकम पाउने छैनन् । मिडिया प्रोले लिग वान व्यवस्थापनलाई गत अक्टोबरको किस्ता त तिर्न सकेन नै, सम्झौता मै हेरफेर गर्न प्रस्ताव गरिरहेको छ । रकम अभावमा लिग वानले बैंकबाट ऋण लिने सम्मको अवस्था आइसक्यो । मिडिया प्रोको प्रस्तावमा छलफल भइसकेको छैन, तर चिनियाँ मालिक रहेको यो कम्पनीले लिग वानलाई कबोल गरे अनुसारको सम्झौता रकम तिर्न सक्ने छैन ।
कोभिड-१९ (कोरोना भाइरस) का कारण गत सिजन पूरा हुन सकेन । यस सिजन रंगशालामा समर्थकहरूलाई प्रवेश निषेध छ । सर्मथकहरूलाई टिकट बेच्न नपाएपछि क्लबहरूको आर्थिक अवस्था बिग्रने नै भयो । त्यसमाथि पनि प्रशारण अधिकार बेचेबापत पाउने रकम नपाएपछि फ्रान्सका धेरै जसो क्लबहरू डुब्ने अवस्थामा पुग्नेछन् ।
मार्सेका प्रशिक्षक बोएसले त्यत्तिकै भनेका होइनन्, ‘यदी मार्सेसँग पैसा हुन्थ्यो भने प्रशिक्षक म होइन पेप गर्डिओला हुन्थे’ भनेर । न त मार्सेसँग पैसा छ, न त फ्रेन्च लिग व्यवस्थापनकै आर्थिक अवस्था राम्रो छ ।
लिग वान ठूलो परिवर्तनको पर्खाइमा छ । लिग वानसँग सबथोक छ । क्लबहरूको गहिरो इतिहास छ । विश्वस्तरिय खेलाडीहरू उत्पादन भइरहेका छन् । क्लबहरूबीच बलियो प्रतिद्वन्द्वीता छ । पर्याप्त सर्मथकहरू छन् । बस् प्रिमियर लिग वा ला-लिगाको जस्तो पैसा छैन । तर फेरि, फ्रान्स विश्वकप बिजेता पनि त हो नि । फ्रेन्च फुटबल लिग गरिब छ भनिरहदाँ यो महत्वपूर्ण तथ्य बिर्सन हुदैन ।
गत सिजन कोभिड–१९ का कारण फुटबल रोकियो । तर केही महिनापछि प्राय ठूला लिगहरूलाई दर्शकबिनाका रगंशालामा सञ्चालन गरियो । लिग वान भने पुनः सुचारु भएन । विश्व नै कोभिडका कारण आक्रान्त छ । विश्व अर्थतन्त्र थला परेको छ । त्यसबाट फुटबल अछुतो रहने कुरा भएन । फ्रेन्च लिग वानलगायतका युरोपका ठूला लिगहरू विश्व अर्थतन्त्रसँग जोडिएका हुन्छन् । विश्व अर्थतन्त्र सुस्त हुदाँँ यी ठूला लिगहरूका प्रशारण अधिकार किन्नेदेखि प्रायोजन गर्ने कम्पनीहरू पछि हट्ने नै भए ।
तर अरुभन्दा लिग वान सबैभन्दा बढी प्रभावित हुने देखिएको छ । अरु लिगहरू टिभी मनीका कारण टिकिरहेका छन् । तर लिग वान भने रनभुल्लमा छ । लिगका पिएसजी बाहेकका क्लबहरू आर्थिक संकटमा छन् । आर्थिक अवस्था कमजोर हुदाँ न त लिग भित्रको प्रतिस्पर्धा बलियो हुन्छ, न त महादेशीय क्लब फुटबलमा इज्जत जोगिन्छ ।
फेरी मार्से तिर फर्किउ । मार्सेले जारी च्याम्पियन्स लिग सिजनमा खराब फुटबल खेल्नुमा दोष कसको ? पक्कै पनि क्लबकै । अनि लिग वानकोे आर्थिक हालत खराब हुनुमा दोष कसको ? पक्कै पनि लिग व्यस्थापनकर्ताहरूको । त्यसकारण पनि मार्सेको च्याम्पियन्स लिग लय र लिग वानको अवस्था तुलनायोग्य छ । दुबै खराब अवस्थामा छन् ।
दि गार्डियनबाट

फुटबल : हङकङसँग भिड्दै नेपाल

आरिफको शानदार ब्याटिङ, नेपालको शानदार जित

नेपालले आज नेदरल्याण्डसँग खेल्दै

१८ वर्षपछि बेंगलुरुले बन्यो आइपीएल विजेता

कञ्चनजंघा क्रिकेट प्रतियोगिताको उपाधि आयोजक टिमलाई
करणको उत्कृष्ट ब्याटिङले नेपालद्वारा स्कटल्याण्ड पराजित

नेपाली क्रिकेट टोली आज स्कटल्याण्डसँग भिड्दै

प्रतिक्रिया