युनाइटेडले लोनमा भित्र्यायो अस्ट्रियन मिडफिल्डर
काठमाडौँ- इंग्लिस प्रिमियर लिग क्बल म्यानचेस्टर युनाइटेडले अस्ट्रियाका मिडफिल्डर मार्सेल साविजरलाई लोनमा भित्र्याएको छ । युनाइटेडले मार्सेललाई जर्मन क्लब बायर्न म्युनिखबाट लोनमा भित्र्याएको बीबीसीले जनाएको छ ।
चोटका कारण क्रिस्टियन एरिक्सन लामो समयसम्म तथा स्कट म्याकटोमिने केही समयसम्म मैदान बाहिरै रहने भएपछि युनाइटेडले यस सिजनको अन्त्यसम्मका लागि मार्सेललाई भित्र्याएको हो ।
२८ वर्षीय मार्सेलले सन् २०२१ को अगस्टमा बायर्नमा आवद्ध भएदेखि ५४ खेल खेलिसकेका छन् । उनले अस्ट्रियाका लागि ६८ खेलमा १२ गोल गरेका छन् ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया