कृषि मन्त्रालय धाएर किसान रुँदा पनि क्षतिपूर्ति पाएनन् : गगन थापा
काठमाडौँ- नेपाली काँग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले साना किसानले राज्यबाट पाउनुपर्ने क्षतिपूर्ति नपाएको बताएका छन् । बुधबार संसद्मा बोल्दै थापाले साना किसानले राज्यबाट पाउनुपर्ने क्षतिपूर्ति नपाएको बताएका हुन् ।
'बैंकको रिनले थिचिएका साना किसानहरूले अप्रिय निर्णय नगरुनजेल कुर्ने हो ? समिति बनाउने हो ?' थापाले सरकारलाई प्रश्न गरे ।
बुधबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले क्षतिपूर्ति बापत् किसानलाई दिन्छु भनेर छुट्टाइएको रकम दिइयोस् भनेका हुन् । सयौँको संख्यामा किसानहरू कृषि मन्त्रालय धाउने, रुने गरेपनि सरकारले बेवास्ता गरेको उनले बताए । बर्डफ्लुका कारण कुखुरा फार्म नष्ट गरिएको र नियम अनुसार पाउनुपर्ने क्षतिपूर्तिको रकम पाउनुपर्ने उनले बताए ।

जलस्रोत विधेयकमाथि दफावार छलफल सुरु

राष्ट्रिय निकुञ्जसँग सम्बन्धित प्रतिवेदनमाथि समितिमा छलफल

सुशासन कायम गर्न समानुपातिक निर्वाचन प्रणाली अवलम्बन गर्नुपर्छः माया राई

विद्यालय शिक्षा विधेयकमाथि तुषारापात भए शिक्षा क्षेत्र भताभुङ्ग हुन सक्छः सभापत…

फास्ट ट्रयाक निर्माण ढिलासुस्तीमा प्रभु साहको आक्रोश

सरकारको राम्रा काम देख्न नसक्नेहरूले भ्रम छरे : सांसद गिरी

मन्त्रीहरु भ्रष्टचार र घुसमा तल्लिन भएका कारण अनुहार छोपेर हिँड्न बाध्य भएः सां…

प्रतिक्रिया