ज्ञानेन्द्र शाहीले भने - गणतन्त्र, संघीयता र धर्मनिरपेक्षतालाई यही संविधान र संसदले टुंग्याउन सक्छ

काठमाडौँ - प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र शाहीले प्रचलित संविधानबाट देशमा गणतन्त्रकाबारे निर्णय लिन सकिने बताएका छन् ।
प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा रघुजी पन्त र शक्तिबहादुर बस्नेतको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै उनले अहिलेकै संविधानबाट गणतन्त्र र धर्मनिरपेक्षताका विषयलाई टुंग्याउन सकिने बताएका हुन् ।
नेपालको संविधानले सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधिनता र जनतामा निहीत सार्वभौमसत्ता प्रतिकुल हुनेगरी संशोधन गर्न नसकिने व्यवस्था गरेको भन्दै उनले गणतन्त्रका विषय यही संविधान र संसदले टुंग्याउन सकिने बताए ।
संविधान बनाउने क्रममा संघीयता र धर्मनिपेक्षता चाहिने कि नचाहिने भन्दै सांसदबाट संकलन गरिएको राय किन सार्वजनिक नगरिएको भन्दै प्रश्न गरेका उनले यही संसद र संविधानबाट गणतन्त्र र धर्मनिरपेक्षता चाहिन्छ या चाहिँदैन भन्ने टुंगो लगाउन सकिने बताए ।

जलस्रोत विधेयकमाथि दफावार छलफल सुरु

राष्ट्रिय निकुञ्जसँग सम्बन्धित प्रतिवेदनमाथि समितिमा छलफल

सुशासन कायम गर्न समानुपातिक निर्वाचन प्रणाली अवलम्बन गर्नुपर्छः माया राई

विद्यालय शिक्षा विधेयकमाथि तुषारापात भए शिक्षा क्षेत्र भताभुङ्ग हुन सक्छः सभापत…

फास्ट ट्रयाक निर्माण ढिलासुस्तीमा प्रभु साहको आक्रोश

सरकारको राम्रा काम देख्न नसक्नेहरूले भ्रम छरे : सांसद गिरी

मन्त्रीहरु भ्रष्टचार र घुसमा तल्लिन भएका कारण अनुहार छोपेर हिँड्न बाध्य भएः सां…

प्रतिक्रिया