इण्डियन आइडल : शाे जित्छन्, उद्याेगबाट अधिकांश हराउँछन्
पहिलो ‘इण्डियन आइडल’ अभिजित सावन्तदेखि पछिल्लो संस्करणका विजेता पवनदिप राजन के गरिरहेका छन् ?

मुम्बई । गायन, नृत्य अथवा अभिनयको रियालिटी शो नै किन नहोस् । ती शोका विजेताहरु सीमित समयवाधिका लागि मात्र चर्चामा रहन्छन् । जब अर्को विजेताको घोषणा हुन्छ, पूर्व विजेताको विस्तारै हराउदै गएका उदाहरण धेरै छन् । उनीहरु कहाँ के गरिरहेका छन् भन्ने भेउ फ्यानले पनि पाउँदैनन् ।
भारतीय गायन रियालिटी शो ‘इण्डियन आइडल’ विजेताको सूची हेर्ने हो भने यस्तै अवस्था छ । यहाँ पहिलो ‘इण्डियन आइडल’ अभिजित सावन्तदेखि पछिल्लो संस्करणका विजेता पवनदिप राजन के गरिरहेका छन् भन्ने कुरा प्रस्तुत गरिएको छ ।
अभिजित सावन्त
अभिजित सावन्तले पहिलो ‘इण्डियन आइडल’को ट्रफी जितेका थिए । अहिले उनी संगीत उद्योगदेखि गायब नै छन् ।
सन्दिप आचार्य
सन्दिप ‘इण्डियन आइडल २’ का विजेता हुन् । उनको सन् २०१३ मा निधन भइसकेको छ ।
प्रशान्त तामाङ
प्रशान्त ‘इण्डियन आइडल ३’ का विजेता हुन् । उनी लाइभ शो गर्छन् र क्षेत्रीय भाषामा गीत गाउँछन् । यतिमात्र नभई उनी नेपाली फिल्ममा पनि सक्रिय छन् ।
सौरभी देवबर्मा
सौरभी ‘इण्डियन आइडल ४’ कि विजेता हुन् । उनी आजकल लाइभ शोमै गीत गाउँछिन् ।
श्रीराम चन्द्र मयनमपति
श्रीराम ‘इण्डियन आइडल ५’का विजेता हुन् । आजकल उनी संगीत उद्योगमै सक्रिय छन् ।
विपुल मेहता
विपुल ‘इण्डियन आइडल ६’ का विजेता हुन् । उनी अहिले उद्योगबाट गुमनाम छन् ।
अन्जना पद्यनाभन
अन्जना ‘इण्डियन आइडल ७’ की विजेता हुन् । उनी पनि अहिले उद्योगबाट गायब छिन् ।
अनन्या श्रीतम नन्दा
अनन्या ‘इण्डियन आइडल ८’ कि विजेता हुन् । उनी अहिले पनि गायनमै सक्रिय छिन् ।
एलवी रेवन्त
एलवी ‘इण्डियन आइडल ९’का विजेता हुन् । उनी संगीतमा सक्रिय छन् ।
सलमान अली
सलमान ‘इण्डियन आइडल १०’का विजेता हुन् । उनी रियालिटी शो र लाइभ शोमा व्यस्त छन् ।
सनी हिन्दुस्तानी
सनी ‘इण्डियन आइडल ११’का विजेता हुन् । उनी लाइभ शो गरिरहेका छन् ।
पवनदिप राजन
पवनदिप ‘इण्डियन आइडल १२’का विजेता हुन् । उनी लगातार गायन रियालिटी शोमा आफ्नो उपस्थिति जनाउदै आएका छन् ।
न्युज कारखानाबाट

संगीत पारखीका लागि 'जुनकिरी'

न्ह्यूको सङ्गीत र मेनुकाको स्वरमा नेपाली क्लासिकल गीत ‘बदमास’ सार्वजनिक

‘नारायणगोपाल युवा संगीत पुरस्कार’ सिवानी मोक्तानले पाइन्

टिकाराम खड्काको शब्द तथा शिव परियारको आवाजमा ‘मलाई जलाउँदा’ सार्वजनिक (भिडि…

‘सर्माइ भागेर’ मा ‘दर्पण छायाँ २’ जोडी पुष्प र सहारा

ब्राजिलियन डीजे 'एलोक' एलओडीमा आउँदै
नाजिर र स्मारिका अभिनित म्युजिक भिडियो ‘पिलेन उडाउनी’ सार्वजनिक

प्रतिक्रिया