लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न सांसद चौधरीको माग

काठमाडौँ - प्रतिनिधिसभा सांसद रञ्जिता श्रेष्ठ चौधरीले थारु राजबन्दीको बारेमा छानबिन गरिएको लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरेकी छिन् ।
प्रतिनिधि सभाको बैठकमा विशेष समयमा बोल्दै निर्दोष थारुहरूलाई राज्यले अनाहकमा थुनेको आरोप लगाउँदै पूर्व सांसद रेशम चौधरीलाई रिहा गर्न माग गर्नसमेत माग गरेकी छिन् ।
‘धेरै निर्दोष थारुहरुलाई फसाइएको छ, निर्दोष थारुहरूले न्याय पाउँछौ भनेर मेरो मन खुसी भएको थियो तर न लाल आयोगको प्रतिवेदन सार्वजनिक भयो, न त अहिलेसम्म रेशम चौधरीलाई छुटाउन सरकार गम्भीर बन्यो ?’ उनले लाल आयोगको प्रतिवेदन सार्वजनिक गरेर वा अध्यादेशमार्फत भए पनि पुर्व सांसद चौधरीको रिहाईको माग गरेकी छिन् ।

जलस्रोत विधेयकमाथि दफावार छलफल सुरु

राष्ट्रिय निकुञ्जसँग सम्बन्धित प्रतिवेदनमाथि समितिमा छलफल

सुशासन कायम गर्न समानुपातिक निर्वाचन प्रणाली अवलम्बन गर्नुपर्छः माया राई

विद्यालय शिक्षा विधेयकमाथि तुषारापात भए शिक्षा क्षेत्र भताभुङ्ग हुन सक्छः सभापत…

फास्ट ट्रयाक निर्माण ढिलासुस्तीमा प्रभु साहको आक्रोश

सरकारको राम्रा काम देख्न नसक्नेहरूले भ्रम छरे : सांसद गिरी

मन्त्रीहरु भ्रष्टचार र घुसमा तल्लिन भएका कारण अनुहार छोपेर हिँड्न बाध्य भएः सां…

प्रतिक्रिया